चुनावपछि सरकारले बाँड्यो साढे १६ करोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चुनावपछि सरकारले बाँड्यो साढे १६ करोड


१ माघ २०७४, सोमबार


काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताका नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ।

नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते गरी ८ सय ७३ जनालाई राज्यको ढुकुटीबाट १६ करोड ५३ लाख ५० हजार रुपैयाँ बाँडेको पाइएको छ ।

सरकारले मंसिर २५ गते ५ सय २८ जनालाई १० करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो त्यसको १७ दिनपछि पुस १३ गते सरकारले थप ३ सय ४५ जनालाई ६ करोड ५३ लाख ५० रुपैयाँ आर्थिक सहायतास्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । यो सहित बितेका पाँच महिनामा देउवा सरकारले दलका नेताकार्यकर्तालाई आर्थिक सहायता नाममा ३२ करोड ३१ लाख रुपैयाँ वितरण गरिसकेको छ ।

असहाय जनतालाई औषधि (उपचारका लागि सरकारले आर्थिक सहायताको नाममा उपलब्ध गराउने रकम पाउने थोरै मात्र वास्तविक बिरामी हुन्छन् । आर्थिक सहायता प्राप्त गर्ने अधिकांश दलका पहुँचवाला नेता तथा कार्यकर्ता नै छन् । गृह मन्त्रालय स्रोतले भन्यो, ‘यस्तो निर्णय सिधै मन्त्रिपरिषदबाट हुने हुँदा मन्त्रालयबाट रोक्न सकिँदैन ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस