मेलम्ची खानेपानीमा बेथिति २६ करोड अतिरिक्त भुक्तानी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेलम्ची खानेपानीमा बेथिति २६ करोड अतिरिक्त भुक्तानी


२४ पुस २०७४, सोमबार


काठमाडौं । उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माण नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ।

सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो । यो आयोजनाको निर्माणको ठेक्का सिएमसीले पाएको छ । कानुनी छिद्रको फाइदा उठाउँदै मेलम्ची खानेपानी विकास समिति, खानेपानी तथा सरसफाइ मन्त्रालयका उच्च अधिकारी समेतको चलखेलमा निर्माण कम्पनीलाई उपकरणलगायत समान किन्न वित्तीय संकट भएको बहाना देखाएर भुक्तानी दिइएको हो यसले राज्यलाई करोडौं रुपैयाँको व्ययभार थपेको छ ।

सुरुङ खन्ने र हेड वर्क्समा ९० प्रतिशत भौतिक प्रगति भएको बताउँदै आएको मेलम्ची खानेपानी विकास समितिले ९३ प्रतिशत भुक्तानी रकम दिइसकेको छ । सुरुङ र हेड वर्क्स निर्माण ७ अर्ब ७२ करोड रुपैयाँको परियोजना हो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस