शून्यमा झर्‍यो राजधानीको तापक्रम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शून्यमा झर्‍यो राजधानीको तापक्रम


२३ पुस २०७४, आइतबार


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम आज शून्य डिग्री सेल्सियससम्म झरेको जनाएको छ ।

महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ ।

सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो ।

काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केही दिन चिसो अझै बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस