निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट


२३ पुस २०७४, आइतबार


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

तीन चरणको निर्वाचन सकेको मौकामा शुक्रबार साँझ प्रमुख आयुक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेका परीक्षक शर्मा आयोग पुगेका हुन् ।

आर्थिक अनियमितता छानबिन गर्ने अख्तियार र लेखा परीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख आयुक्त यादवले आयोगमै बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ । तीन जनाबीच आयोगमा के विषयमा छलफल भयो भन्ने कुरा गोप्य राखिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बिल्कुलै अनौपचारिक भेटघाट भएको बताए । ‘चिया कफी गफ हो। एक दुई महिनामा यसरी भेट हुने प्रचलन छ’ उनले भने, ‘म सहभागी हुने कुरा भएन । सरकारी काम केही पनि होइन । सामान्य भेटघाट मात्र ह । विस्तृत जानकारी भएन ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस