ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु


२० पुस २०७४, बिहिबार


बस दुर्घटना

रुकुम । रुकुम पश्चिममा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका– ९ सिम्लीमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग गरिएको म१त १३५ नंको ट्र्याक्टर दुर्घटना हुँदा निर्माणमा संलग्न मजदुर आठबिसकोट नगरपालिका–११ का १७ वर्षीय प्रेम विकको मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका २० वर्षीय डिलबहादुर सिर्पाली, २४ वर्षीय इन्द्रबहादुर विक, आठसिकोट नगरपालिका–९ का १८ वर्षीय गणेश पुन र ट्र्याक्टर चालक बर्दियाका रामसागर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरी, पुन र विकको अवस्था गम्भीर रहेको छ । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सानीभेरी नदीबाट बालुवा ल्याउँदै गर्दा सो ट्र्याक्टर दुर्घटनामा परेको हो । रासस

प्रतिक्रिया दिनुहोस