प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे अब सरकार आफै निर्णय गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे अब सरकार आफै निर्णय गर्ने


२० पुस २०७४, बिहिबार


काठमाडौं । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा सर्वदलीय बैठकमा नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ ।

सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताएका छन् । उनले राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्णय गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस