सर्वदलीय बैठकः प्रदेश प्रमुख नियुक्तिमा जुटेन राजनीतिक सहमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वदलीय बैठकः प्रदेश प्रमुख नियुक्तिमा जुटेन राजनीतिक सहमति


२० पुस २०७४, बिहिबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सकिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा अन्य दलका नेताले असहमती जनाउँदा राजनीतिक सहमति विनै बैठक सकिएको छ ।

प्रधानमन्त्री देउवाले गरेको प्रस्तवमा वाम गठबन्धन लगायत अन्य दलका नेताले राजनीतिक सहमति जनाउन अस्वीकार गरेका छन् । उनीहरू प्रधानमन्त्री देउवालाई विवेक पुर्‍याएर मात्रै प्रक्रिया अगाडि बढाउन समेत सुझाव दिएका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, शशांक कोइराला, माओवादी केन्द्र अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, एमाले नेता सुवास नेम्बाङ, भीम रावल, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, राजपाका राजेन्द्र महतो, महेन्द्र रायलगायतका नेताहरु बैठकमा सहभागी थिए । बैठकमा एमाले अध्यक्ष केपी ओली भने सामेल थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस