पार्टी र सरकारको नेतृत्वमा एउटै व्यक्ति हुन नहुने माओवादी अडान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टी र सरकारको नेतृत्वमा एउटै व्यक्ति हुन नहुने माओवादी अडान


१८ पुस २०७४, मंगलबार


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सम्पन्न भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्ले नेकपा एमालेसँगको पार्टी एकता प्रक्रिया र सरकार गठनबारे छलफल भइरहेको जानकारी गराएका थिए । बैठकले एमालेसँगको पार्टी एकता प्रक्रियालाई गति दिने निर्णय पनि गरेको छ ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको बताइन् । एमालेसँगको पार्टी एकता पछि पार्टी र सरकारको नेतृत्वमा एउटै व्यक्ति हुन नहुने पार्टीको ठहर रहेको उनले बताइन् ।

बैठकले चुनावमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै अन्तर्घातबारे छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य सदस्य रहने गरी छानविन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस