पुल भत्काइसकेकाले पार्टी एकताबाट पछि फर्किने ठाउँ छैनः प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुल भत्काइसकेकाले पार्टी एकताबाट पछि फर्किने ठाउँ छैनः प्रचण्ड


९ पुस २०७४, आइतबार


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको पार्टी एकता अब कुनै पनि परिस्थितिमा नरोकिने बताएका छन् ।

चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रचण्डले पुल भत्काएरै एकता प्रक्रियामा अघि बढेकाले अब त्यहाँबाट फर्किनै नमिल्ने बताएका हुन् ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मेरो नियमित कुराकानी भइरहेको छ’ प्रचण्ले भने, ‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भन्ने सहमति गरी एकै चोटी पार्टी एकतामा हामफालेका हौं ।’

संगठन मिलाउने क्रममा आउनसक्ने जटिलताको विकल्प खोजिसकिएकाले सौहाद्रताका साथ पार्टी एकता हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस