२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई ठूला विकास आयोजनाको काम शुरु

अ+ अ-

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा सडक, ढललगायत भौतिक पूर्वाधारको निर्माण एवं स्तरोन्नतिका लागि सघन शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा ल्याइएको छ ।

दुईवर्षीय अवधिको शहरी विकास आयोजनाअन्तर्गत उपमहानगरपालिकाका १९ ठाउँका झण्डै ४२ किमी सडकको निर्माण एवं स्तरोन्नति तथा ढल निर्माण गर्न लागिएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

सो आयोजना कार्यान्वयनका लागि चालु आवमा रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको जनाइएको छ । यी कामका लागि सर्वेक्षण र डिजाइनसम्बन्धी काम गत वर्षमा नै पूरा भइसकेको छ । ‘अधिकांश योजनाको काम शुरु भइसकेको छ’, डिभिजन प्रमुख रवीन्द्र बोहराले भने, ‘पाँच वटा प्याकेजमा राखेर सडक निर्माण थालिएको छ ।’

आयोजनाअन्तर्गत सडक र ढल निर्माणबाहेक धनगढीको पुरानो बस बिसौनीको स्तरोन्नतिका साथै फूलबारीमा नयाँबस बिसौनी र जडीबुटी प्रशोधन केन्द्र निर्माणलगायत कामसमेत गरिने छ । उपमहानगरमा जम्मा हुने फोहरमैलाको व्यवस्थापन गर्नका लागि जग्गाको खोजी गरेर ल्याण्डफिल साइट निर्माणको कामसमेत शुरु भएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा कार्यान्वयन हुन लागेको पाँचवर्षीय अवधिको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत उपमहानगर क्षेत्रका सानाठूला १५ सडकको स्तरोन्नति एवं निर्माण गर्न लागिएको छ । यसका लागि करिब रु तीन अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ ।

यसअन्तर्गत धनगढीको मुख्य बजारको सडकका साथै धनगढीदेखि खुटिया सडक, चटकपुर चक्रपथ, चटकपुर क्याम्पस रोड हुँदै जाखोर ताल सडक, धनगढी गाउँ सडक, बेली सडक, बोराँडाँडी तारानगर सडक, पुरानो भन्सार सडकलगायतको स्तरोन्नति गर्न लागिएको हो ।

उपमहानगरसँग सीमा जोडिएको कैलालीको गोदावरी नगरपालिकामा पनि कार्यान्वयन हुन लागेको सो आयोजनाअन्तर्गत हसनपुर–स्याउले, गेटा अस्पताल – जोनापुर, हरैया– चौराही, लालपुर– चौमाला, लालपुर–गेटा अस्पताल सडक निर्माणलगायत काम गर्न लागिएको छ ।

धनगढी क्षेत्रमा सडक ढललगायत पूर्वाधार निर्माणका लागि कार्यान्वयनमा ल्याइएका ती दुई आयोजना अहिलेसम्मकै सबैभन्दा ठूला आयोजना हुन् । आयोजना पूर्णरुपमा कार्यान्वयन भएपछि यस क्षेत्रको सडकलगायत पूर्वाधारको विकासले फड्को मार्ने विश्वास गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस