चितामा बन्दै खरानी जल्यो पृय ।।
हिजोको त्यो सपना डढ्यो पृय ।।
तमाशे बनेका शोकको बेला हामी ।
धरधरी भेल आशुको बग्यो पृय ।।
भयो बिछोड र मिलन धेरै जीवनमा ।
यसपाली त छांगैबाट खस्यो पृय ।।
तिमी त गयौ बनाई एक्लै उनलाई ।
याद बिझाउने मात्र बाकी रह्यो पृय ।।
थालेको यात्रा दुबैले संगै, भएन पूरा ।
बिचैमा जीवन त अलपत्र पर्यो पृय ।।