२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसभित्र दोस्रो पुस्ताले बढायो सक्रियता

अ+ अ-

काठमाडौं । संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ नराम्ररी पराजित कांग्रेसको दोस्रो पुस्ता पार्टीलाई गतिशील बनाउन सक्रिय भएको छ । दोस्रो पुस्ताका नेताले वर्तमान नेतृत्वले चुनावमा भोग्नुपरेको पराजयको जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको आवाज उठाएका छन् । संगठनलाई चुस्त पार्न उनीहरूले पार्टीभित्र शुद्धिकरण हुनुपर्नेमा जोड दिएका छन् ।

चुनावमा भोग्नुपरेको पराजयको कारण खोज्न दोस्रो पुस्ताका नेताहरू बुधबार छलफलमा बसेका थिए । चुनाव जितेका तथा झिनो मतान्तरले पराजित नेताहरू सम्मिलित बुधबारको छलफलमा गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङसहित १७ जना युवा नेता सम्मिलित थिए ।

दोस्रो पुस्ताका नेता छलफलमा जुटेको सूचना बाहिरिएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी अध्यक्ष उमा मगर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायत अर्को समूह पनि छुट्टै भेला भएर पार्टी पराजयका कारण खोतल्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने निष्कर्षमा पुगेका थिए ।

चुनावको परिणाम सार्वजनिक भएसँगै गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताले पार्टी नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए । यो समूहले विशेष महाधिवेशन, महासमिति बैठक माग गर्दै पार्टी नेतृत्वदेखि संगठनमा आमुल परिर्वतन हुनुपर्नेमा जोड दिएका छन् । सूक्ष्म रूपमा उठेका विरोधका आवाजमा प्रकाशमान सिंहसहितका केही शीर्ष नेतासमेत उभिएपछि देउवासमूह हच्किएको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडैल चुनाव परिणामपछि अहिले पार्टीभित्र उठेको आवाजलाई कुनै एक नेताका विरुद्धमा लक्षित नभएको दाबी गर्छन् । पौडेल भन्छन, ‘यो कुनै व्यक्तिविरुद्ध लक्षित छैन । हामीले पार्टीलाई कसरी सशक्त बनाउने भन्ने मात्रै कुरा गरेका छौं ।’

स्रोतका अनुसार बुधबारको भेलामा पूर्वसांसद धनराज गुरुङले गगन थापालाई पार्टी संसदीय दलको नेताको रूपमा अघि सार्दै केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशन माग गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

वर्तमान नेतृत्व चुनावमा पार्टी पराजित भएको स्वीकार गरी पार्टीभित्र सुधार गर्ने पक्षमा उभिने छाँटकाँट नदेखेपछि दोस्रो पुस्ता समूह नै बनाएर दबाबमूलक अभियान थालेको बताउँछ ।

दोस्रो पुस्ताको नेताको छलफल तथा पार्टी संसदीय दलको नेतामा गगनको प्रस्तावका बारेमा देउवानिकट बालकृष्ण खाँणले पार्टी विधानअनुसार चल्ने भएकाले विधानसम्मत कुरा गर्न आग्रह गरेका छन् ।‘पार्टीभित्र विभिन्न मुद्दामा साथीहरूले गर्ने छलफललाई म अन्यथा लिन्नँ । तर, पार्टीलाई फाइदा हुने गरी छलफल गर्दा राम्रो हुन्छ’, खाँणले भने ।

देउवानिकट केही नेताले समानुपातिकको सिट देखाएर पार्टीले बेहोरेको क्षतिलाई नजरअन्दाज गर्नु गलत भएको टिप्पणी गरेका छन् । तर, केन्द्रीय सदस्य पौडेल भन्छन्, ‘प्रत्यक्षमा कांग्रेसले बेहोरेको हारलाई गम्भीर रूपमा लिनैपर्छ । पार्टीको नीति, नेतृत्व र संगठनमा व्यापक सुधारको विकल्प छैन ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

0 Comments