सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रण


५ पुस २०७४, बुधबार


काठमाडौं । पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन् ।

संघको कार्यालयमा आज आयोजित पत्रकारसम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए ।

चालकले गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गई उक्त दुर्घटना भएको उनले बताए ।

‘नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सञ्चालनको इतिहास उद्योगभित्र पहिलोपटक आगलागी भएको छ’, उनको भनाइ थियो । सो आगलागीमा परी थुप्रै ग्यास सिलिण्डर पड्किएको तर कतिवटा विस्फोट भयो भन्ने यकिन विवरण आइसकेको छैन ।

उनले ग्यास उद्योगमा सञ्चालनमा रहेको सबै भारतीय गाडी तथा ग्यासका बुलेट २० वर्ष पुरानो भएको अनुमान रहेको र त्यसकारण यो दुर्घटना भएको बताए ।

आज बिहान ६ बजे सुपर ग्यास उद्योग प्रालिमा भएको आगलागीका कारण छानबिन गरी संघमा प्रतिवेदन पेश गर्न एलपी ग्यास उद्योग संघले शिवकुमार घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस