२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शालिन बिद्रोह

अ+ अ-

गजबको सपना थियो त्यो
तिमी र म,
त्रेता युगिन कुनै दरबारको रिक्त राजसभामा
ठिङ्ग उभिएका थियौं
तिम्रो नजर झुकेको थियो

म भन्दै थिएँ
हे ! मर्यादा पुरुषोत्तम !
किन नजर झुकाउँछौ ?
एक पल्ट मेरो आँखामा आँखा जुधाएर भन
मेरो लंका बसाईले कहाँनेर तिम्रो मर्यादामा ह्रास आयो
के म आफ्नो रहरले हरण भएकी थिएँ ?
के तिम्रो मर्यादा पुरुषजन्य अहंकार माथिको आवरण मात्र हो ?

हैन भने किन,
मेरो मर्यादाको रत्तिभर बिचार गरेनांै
तिमी भन्दा मर्यादा पालक त बरू रावण थियो
जस्ले मलाई हरेर पनि
मेरो सम्मानमा ठेस लगाउन चाहेन
तिमीले त मेरो सम्मानपूर्वक जिउने हक नै छिनेका छौ
उत्तर देउ, हे जन पालक
कि तिम्रो कानुन अनुसार म ‘जन’ पनि हैन ?
यो पेटमा हुर्कि रहेको नव जीवनको पनि हेक्का रहेन तिमीलाई
यस्को के दोष ?
किन अनिश्चित भविष्य तिर धकेल्ने निर्णय गर्यौ

तिमीले शिर झुकायौ
मैले भने झर्न लागेको दुई थोपा आँशु चोर औंलाले पुछें
यस पटक म तनक्क उभिएकि थिएँ
शिर ठाडो थियो र आँखाहरू सिधा तिम्रो अनुहारमा
म भन्दै गएँ
हे रघुवर, तिम्रो काँतर मर्यादाप्रति मलाई दया आउँछ
चिन्ता नगर तिम्रो आदेशको पूर्ण पालना हुनेछ
म अहिल्यै निस्किने छु यो महल बाट
बस यत्ति हेक्का राख की,
भोलि जन्मने यो शिशुले
आफ्नो नागरिकता तिम्रो नामबाट लिने छैन
गजबको सपना थियो त्यो ।

प्रतिक्रिया दिनुहोस