प्रेम जीवन्त छ, विवाह मृत « प्रशासन
prasaLogo
२३ मंसिर २०७४, शनिबार

प्रेम जीवन्त छ, विवाह मृत


प्रकाशित मिति : 9 December, 2017 12:13 pm

यदि म कसैलाई प्रेम गर्छु भने, मन तुरुन्त विवाहको व्यवस्था गर्नतिर संलग्न हुन जान्छ । विवाहले चीजहरूलाई बाँध्ने गर्छ । तिनीहरूलाई स्थिर गरिदिन्छ । जड बनाइदिन्छ । प्रेम प्रवाह हो । त्यसबारे भविष्यवाणी गर्न सकिँदैन कि त्यसले कहाँ पुर्याउँछ । ऊ नदीसँगै बगिरहेको छ र कसैलाई थाहा छैन कि त्यो कहाँ पुग्यो ? अघिल्लो दिन वा अघिल्लो क्षणको नदी त्यहाँ छैन, जहाँ अहिले छ । एक क्षण पछिको बारेमा पनि तपाईं निश्चित हुन सक्नुहुन्न त्यसैले मन निश्चितता चाहन्छ ।

यसकारण मन प्रेमको विरुद्धमा छ, बरु मन विवाहको पक्षमा छ । किनकि विवाह स्थिर छ । अब तपाईंसँग प्रेमको लाश बाँकी रहन्छ । अब पानी बग्दैन बरफ बनेको छ । अब तपाईंको हातमा प्रेमको लाश छ । केवल मुर्दा चिजको बारेमा मात्रै भविष्यवाणी गर्न सकिन्छ ।

पत्नी वस्तु भएकी छ । पति वस्तु भएको छ । जीवन्तता अब छैन । अब पति घरमा आउँछ, उसलाई थाहा छ, पत्नी उसको प्रतीक्षामा हुनेछ । उसले भविष्यवाणी गर्न सक्छ । यदि उसले प्रेम गर्न चाह्यो भने गर्न सक्छ, पत्नी उपलब्ध हुनेछ । पत्नी वस्तुसरह हुनेछ । पत्नी यस्तो भन्न सक्दैन कि मलाई मन लागेको छैन । उनीहरू जड संस्था जस्ता भएका छन् र तपाईं संस्थामाथि भरोसा गर्नुहुन्छ । तर, जीवनमाथि भरोसा गर्न सक्नुहुन्न । आज प्रेम छ भने भोलि पनि रहन्छ भन्ने भर छैन ।

मन निश्चितता चाहन्छ । तर, प्रेमलाई विवाहमा परिणत गर्न चाहन्छ । यसरी जीवित वस्तुमृत हुन पुग्छ । तपाईं उसमाथि मालिकपन स्वामित्व दर्शाउनु हुन्छ । अब तपाईं भरोसा गर्नुहुन्छ आज प्रेम छ भोलि पनि जारी रहनेछ । यही नै विडम्बना हो मालिक बन्न खोज्दा तपार्इंले व्यक्तिको हत्या गर्नुभएको छ ।

प्रेमिकालाई तपाईंले पत्नी बनाउनुभएको छ र फेरि तपाईं अपेक्षा गर्नुहुन्छ कि पत्नी प्रेमीका जस्तै व्यवहार गरोस् । तर, पत्नी प्रेमिकाको जस्तै व्यवहार गर्न सक्दिन । प्रेमिका जीवन्त थिइन् । तर, पत्नी मृत छ । प्रेमिका घटना थिई, पत्नी संस्था बनेकी छ । जब पत्नीले प्रेमिकाको जस्तै व्यवहार गर्न सक्दिन अनि तपाई भन्नुहुन्छ कि अब मलाई पत्नी प्रेम गर्दिन, पहिले गर्थी । तर, ऊ अब पुरानै व्यक्ति हैन । बस् एक वस्तु हो । तपाईंले आफ्नो मालिक बन्ने प्रवृतिका कारण उसको जीवित व्यक्तिलाई मार्नुभएको छ । फेरि वस्तुबाट जीवन्त व्यवहार खोज्नुहुन्छ ।

हामी व्यक्तिलाई वस्तुमा बदल्ने गर्छाैं । कुनै पनि सम्बन्धमा हेर्नुस्, सुरु–सुरुमा त त्यो दुई व्यक्तिको सम्बन्ध थाहा हुन्छ । पछि सीघ्र नै त्यो दुई वस्तुबीचको सम्बन्ध बन्न जान्छ । व्यक्ति बिदा हुन्छ । वस्तु प्रकट हुन्छ । अनि फेरि हामी एक–अर्काबाट अपेक्षा गर्ने गर्छौं र एक अर्कालाई भन्ने गर्छाैं । यो गर, ऊ गर । यो पत्नीको कर्तव्य हो । यो पतिको कर्तव्य हो । हामी भन्छौं तिमीले यो गर्नै पर्छ र तपार्इं भन्न पनि सक्नु हुन्न कि म यो गर्न सक्दिनँ ।

ओशोको सम्भोग पुस्तकबाट साभार

Tags :
प्रतिक्रिया दिनुहोस