२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसहर समुदायद्वारा प्रदेश र प्रतिनिधी सभाको चुनाव बहिष्कार

अ+ अ-

काठमाडौं । मोरङ देखि नवलपरासी सम्मका मुसहर समुदायले आज भइ रहेको प्रदेश तथा प्रतिनिधि सभाको चुनाव बहिष्कार गरेका छन् ।

मुख्य दलहरुका प्रमुख तथा जिम्मेवार नेताहरुले मुसहर समुदायको राजनीतिक अधिकारको सुनिश्चित गर्न सकरात्मक नभएको भन्दै उनीहरुले चुनाव वहिस्कार गरेका हुन् ।

हामी बाध्य भएर बहिष्कार गरेका हौं, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानका संयोजक पचुलाल माझीले भने –’हामीले चाहेको भए १२ वटै जिल्लाहरुका १२ वटै चुनाव क्षेत्रमा चुनाव बहिष्कार गर्न सक्थ्यौं । तर हामी त्यसो नगरी मुसहर समूदायले मात्रै वहिस्कार गरेका हौं ।’ नेपाल ऋषिवंशि कल्याण संघका आधिकारीक प्रतिनिधी चतुरलाल ऋषिदेवले जानकारी दिए ।

आज भई रहेको प्रदेश तथा प्रतिनिधी सभाको चुनाव बहिष्कार गर्नेमा मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन र नवलपरासी गरी १२ जिल्लाका विभिन्न गाउँहरुमा बसोबास गर्ने मुसहर समुदायले पुर्ण रुपमा चुनाव बहिष्कार गर्दै भोट दिन मतदान केन्द्रमा नगई घरमै बसेका हुन् । १२ वटै जिल्लाका प्रत्येक टोलमा चुनावको सांकेतिक बहिष्कार स्वरुप ठुलो कालो झण्डा राखिएको थियो ।

यस्तै बहिष्कार गर्नेमा सर्लाही जिल्लाका चन्द्रनगर गांउपालिकाका बबरगंज, बिर्ताबजार, दोनबारी टोल, गडहा टोल, पोखरिया गरी पांच वटा मुसहरी टोलका ४०० भन्दा बढी घर परिवारले आजको प्रदेश तथा प्रतिनिधी सभाको चुनाव बहिष्कार गरेको छ । यसैक्रममा महोत्तरी जिल्लाका गौशाला नगरपालिकाका मुसहर समुदाय र अन्य १० जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाहरुका मुसहर समुदायले आजको चुनाव बहिष्कार गरेका छन् ।

हामी लोकतन्त्र विरोधी होइन, हामी चुनाव विरोधी पनि होइन । हामी कुनै पार्टीको पनि विरोधी होइन, हामी कुनै व्यक्तिको पनि विरोधी होइन । हामी शोषण, विभेद, अन्याय र सामन्ति मानसिकता, सोच, व्यवहार तथा परिपाटीको विरोध स्वरुप प्रदेश तथा प्रतिनिधी सभा चुनावको यो सांकेतिक बहिष्कार गर्ने निर्णयमा पुग्न बाध्य भएका हौं पचुलाल माझीले भने –हामी नेपालको संविधान २०७२ मा लेखिएको समावेशी समानुपातिक प्रावधानलाई कार्यान्वयन गर्नमा सहयोग गर्नको लागि सकारात्मक दवाव स्वरुप यो सांकेतिक बहिष्कार गर्न बाध्य भएको छौ, उनले बताए ।

देश भरिका १२ लाख भन्दा मुसहर समुदाय विगत एक महिना देखि राष्ट्रिय सभामा आफनो प्रधिनिधित्व सुनिश्चित गराउन आन्दोलनरत छन् । स्थानीय तहको चुनाव, प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनाव मार्फत मुसहर समुदायको राजनैतिक प्रतिनिधित्व शुन्य हुने अवस्था देखेर देश भरिका मुसहरहरुले आफनो राजनैतिक आन्दोलन गर्न बाध्य भएको उनिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस