माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान


२१ मंसिर २०७४, बिहिबार


प्रहरी ऐन

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन् । बिहान ७ बजेर १३ मिनेट जाँदा उनले मतदान गरेका हुन् ।

चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताए ।

दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन्, भने माइली छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस