२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम गठबन्धन- नेता नेपाल

अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताएका छन् ।

संयुक्त वाम गठबन्धनले कागेश्वरी मनहरा–६ मा आज आयोजना गरेको चुनावी कार्यक्रममा उनले अहिले मुलुकमा भएका विकास कार्यलाई तीव्ररुपमा अगाडि बढाएर नेपाललाई विश्व परिवेशमा सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम शक्तिलाई बहुमत प्रदान गर्न जनतालाई आग्रह गरे ।

देशमा लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले वाम गठबन्धन भएपछि अत्तालिएर अब अधिनायकवादको उदय हुने भ्रम फैलाएकामा दुःख व्यक्त गर्दै उनले संसद्मा बलियो प्रतिपक्ष दलसहित वाम गठबन्धनले सरकार बनाउन चाहेकाले एकतन्त्रीय शासन सम्भव नरहेको प्रष्ट पारे ।

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता नेपालले साँखुका ऐतिहासिक स्थल, शालीनदी, बज्रयोगिनी, मणिचुर पर्वतलगातका स्थानमा पर्यटकीय पूर्वाधार विकास गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताए ।

सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश (२) का उम्मेदवार मणिराज फुँयालले स्थानीय तहमा वाम शक्ति अग्रता कायम रहेकाले अब प्रतिनिधिसभा र प्रदेशसभामा पनि उक्त गठबन्धनलाई बहुमत दिएमा स्थानीय पूर्वाधार विकास निर्माणमा ती निकायबीच समन्वय र सहकार्य हुने बताए ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश गौतमले मुलुकमा औद्योगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने र देशलाई समृद्ध बनाउने प्रष्ट दृष्टिकोण सो गठबन्धनसँग रहेको जानकारी गराए ।

नेकपा एमालेबाट प्रदेश (१) मा सानुकुमार डंगोल तथा समानुपातिकतर्फ सरिता न्यौपाने, रामप्रसाद खनाल उम्मेदवार छन् । रासस

प्रतिक्रिया दिनुहोस