अधिनायकवादविरुद्ध कांग्रेसलार्इ जनमत- महामन्त्री कोइरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अधिनायकवादविरुद्ध कांग्रेसलार्इ जनमत- महामन्त्री कोइरा


१३ मंसिर २०७४, बुधबार


गैंडाकोट । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वामपन्थी एकताबाट मुलुकमा जन्मने कम्युनिस्ट अधिनायकवादविरुद्ध आमजनताको मत कांग्रेसको पक्षमा आउने जिकिर गरेका छन् । महामन्त्री कोइरालाले भने, ‘देशलाई समृद्ध गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादमा पुर्‍याउन पुन नयाँ प्रतिबद्धताका साथ एमाले र माओवादीको गठबन्धन भएको छ । त्यो गठबन्धनको उद्देश्य प्रजातन्त्रका विश्वव्यापी मूल्य र मान्यताविरुद्ध अधिनायकवादी शासन व्यवस्था लागू गर्नु हो । त्यसैले आम जनताले कांग्रेसको पक्षमा मतदान गर्नेछन् ।’

नवलपरासी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार डा. कोइरालाले भरतपुरबाट करिब पाँच किलोमिटर पश्चिममा पर्ने गैंडाकोटमा मंगलबार भने, ‘जनताले ठूल्ठूला परिवर्तनमा सहभागी कांग्रेसलाई मतदान गरी वामपन्थीको अधिनायकवादी सत्ता सोचलाई परास्त गर्ने विश्वासमा छु ।’

कांग्रेसले प्रजातन्त्र र बुहलवादमा कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै उनले यी सबै विषयमा जनता नै विज्ञ रहेकोले पनि कांग्रेसले आगामी चुनावी परिणाममा बहुमत सिद्ध गर्नेमा आफू विश्वस्त रहेको बताए ।

मुलुकमा कांग्रेस नेतृत्वमा भएका परिवर्तनको प्रचार गर्न नसक्नु र पार्टीभित्र अझै पनि सूक्ष्म रूपमा अन्तर्घातका घटना दोहोरिन आफूहरूका कमजोरी रहेको औंल्याउँदै उनले भने, ‘कांग्रेसले अब पार्टीदेखि राज्यसत्तासम्म युवा नेतृत्व खोज्नुपर्छ ।’ उनले भने, ‘दोस्रो चरणको निर्वाचनलगत्तै बस्ने संसदीय दलले दलको नेता र पार्टीको १४ औं महाधिवशेनले पार्टीको शीर्ष स्थानमा युवालाई चयन गर्नेछ ।’

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको नेतृत्वका लागि आफू काबिल रहेको दाबी प्रस्तुत गर्दै महामन्त्री कोइरालाले भने, ‘म कांग्रेसको नेतृत्व लिन तयार छु ।’ कांग्रेसभित्र गिरिजाबाबुपछि ‘टल पर्सनालिटीु अभाव भएकै हो भन्दै जिज्ञासामा महामन्त्री शशांकले भने, ‘त्यसका लागि पनि कांग्रेसले युवा पुस्तालाई नेतृत्व सम्पनुको विकल्प छैन । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा थोरै भए पनि युवालाई अघि सारेका छौं । युवालाई नेतृत्व सुम्पनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसो भए पार्टीभित्रको घात/अन्तर्घात पनि स्वतः अन्त्य हुनेछ ।’

सभापति देउवाले कैलाली ५ बाट कांग्रेस नेतृ डा. आरजू देउवालाई उम्मेदवार बनाउनुको अर्थ शेरबहादुर दाइले डा. आरजूलाई कांग्रेस र सत्ताको नेतृत्व ‘ह्यान्डओभर’ गर्ने उद्देश्य नदेखेको दाबी महामन्त्री कोइरालाको छ । उनले भने, ‘कांग्रेसमा डा. आरजूको राम्रो भूमिका देखेको छु । उनले संसद्मा उम्मेदवारी दिनुको उद्देश्य देउवाको सत्ता ‘हाइन्ड ओभर’ भन्ने होइन । हुन पनि सक्दैन ।’ देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

कांग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले २०१५ सालमा लिएका सामाजिक आर्थिक कार्यक्रमलाई ‘नौ स’ मा रूपान्तरण गर्दै एमालेले सुरु गरेको वृद्धभत्ताकै नाममा सदाकाल जनताले मतदान नगर्ने दाबी उनको छ । २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले समाजिक सुरक्षा भत्ता घोषणा गरेको थियो । एक प्रश्नको उत्तरमा महामन्त्री कोइरालाले भने, ‘बीपी कोइरालापछि उनले लिएको समाजवादको पर्याप्त प्रचार नगरेको परिणाम कांग्रेस पछाडि परिरहेको छ ।’

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले दस बर्र्से जनयुद्धलाई शान्तिप्रक्रियामा ल्याएको र सभापति सुशील कोइरालाको पालामा संविधान जारी भएको कुरासमेत हामीले प्रचार गर्न नसक्नुको जिम्मेवारी नेतृत्वले गम्भीरतासाथ जिम्मेवारी लिनुपर्नेमा कोइरालाले जोड दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस