सुनसरीको मुसहर बस्तीमा आगलागी हुँदा २५ घर जले « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुनसरीको मुसहर बस्तीमा आगलागी हुँदा २५ घर जले


११ मंसिर २०७४, सोमबार


आगलागी

सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिका- ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी हुँदा २५ घर जलेका छन् ।

स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीबाट धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब ५० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस