भोट हाल्न काठमाडौंबाट जिल्ला फर्किए आठ लाख मतदाता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भोट हाल्न काठमाडौंबाट जिल्ला फर्किए आठ लाख मतदाता


१० मंसिर २०७४, आइतबार


काठमाडौं । पहिलो चरणअन्र्तगत आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई सातादेखि बाहिरिने क्रम बढेको छ ।

‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्तादेखि जिल्ला फर्किनेहरुको क्रम बढेको छ, करिब ८ लाख त फर्किसके,’ उनले भने । विकट जिल्लाहरूमा पुग्न लामो समय लाग्ने भएकाले पनि मतदान हुनुभन्दा धेरै पहिलेदेखि नै जाने क्रम बढेको यातायात व्यवसायीहरूको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो हप्ता (आइतबारदेखि शनिबार बेलुकीसम्ममा) ३ लाख मानिस बाहिरिएका छन् । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार पछिल्ला २–३ दिनदेखि काठमाडौंबाट बाहिरिने टाढा पुग्ने मतदाता नभई नजिकका जिल्ला जानेहरू हुन् । विशेषगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, गोरखा, रसुवा, धादिङ, नुवाकोटका मतदाता एक दिनमै पुग्ने भएकाले अन्तिम समयमा गएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस