जिप दुर्घटनामा नवदम्पतीसहित ७ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिप दुर्घटनामा नवदम्पतीसहित ७ को मृत्यु


९ मंसिर २०७४, शनिबार


बस दुर्घटना

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा परि ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

दुर्घटनामा नवदम्पतीको पनि मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी श्रीमती अनित प्रधान रहेका छन् । त्यस्तै घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् ।

घाइते हुनेमा चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री रहेका छन् ।

घाइतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका छन् । घाइतेमध्ये खत्रीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस