२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फास्ट ट्रयाकको अपूरो डिपिआरको मूल्य ६१ करोड

अ+ अ-

काठमाडौं । सरकारले खरिद गर्ने काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माण कार्य भारतीय कम्पनीकै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का आधारमा समयमा नसकिने भएको छ । डिपिआर अपूरो भएकाले त्यसैको आधारमा निर्माण गर्न कठिन छ ।

डिपिआर अध्ययन गर्न सेनाले बनाएको उच्चस्तरीय अध्ययन समितिका सदस्य तथा पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाले पुरानै डिपिआरका आधारमा फास्ट ट्रयाक बन्न नसक्ने बताए । डिपिआर अपूरो रहेकाले फास्ट ट्रयाक निर्माणका लागि अर्को डिटेल डिजाइन आवश्यक देखिएको उनले बताए । ‘अहिले भारतीय ठेकेदार कम्पनीले बनाएको डिपिआरमा अध्ययन भइरहेको छ । त्यसमा केही त्रुटि भेटिएका छन् । त्यसो हुँदा यसैलाई आधार बनाएर फास्ट ट्र्याक निर्माण गर्न सकिन्न । यसका लागि पुनः डिटेल डिजाइन आवश्यक छ । नत्र फास्ट ट्रयाक बन्न सक्दैन,’ उनले भने ।

सरकारले गत २७ असोजमा भारतीय ठेकेदार कम्पनी इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएलएफएस)ले फास्ट ट्रयाकका लागि तयार गरेको डिपिआर खरिद गर्ने निर्णय गरेको थियो । कम्पनीले फास्ट ट्रयाकको मूल्य ३८.२ करोड भारतीय रुपैयाँ अर्थात् ६१ करोड १२ लाख नेपाली रुपैयाँ राखेकोे छ ।

डिपिआर पर्याप्त स्थलगत अध्ययनविना बनाइएकाले अपुरो रहेको भौतिक पुर्वाधार मन्त्रालयको पनि दाबी छ । मन्त्रालयका अनुसार डिपीआरमा पुल र सुरुङ मार्गको संख्या नै अपुरो छ । स्रोतका अनुसार डिपीआरमा १७० देखि ३०० मिटरसम्मका पुल ७ वटा मात्रै आवश्यक पर्ने उल्लेख छ । तर, फाष्ट ट्रयाक सोही ‘अलाइनमेन्ट’मा बन्ने हो भने यस खालका १३ वटा पुल आबश्यक पर्छ । त्यसो हुँदा ६ वटा पुलको डिपीआर नै बनेको छैन ।

त्यस्तै ५० मिटरभन्दा ठुला पुल ४० वटा र साना पुल ८० वटा आवश्यक पर्ने डिपिआरमा उल्लेख छ । यो तथ्यांक पनि गलत रहेको मन्त्रालय स्रोतको दाबी छ । किनकी यस्ता पुल सवै गरि ९६ वटा आवश्यक पर्छ । त्यसो हुँदा १६ वटा पुलको डिपीआर नै बनाइएको छैन । त्यस्तै फाष्ट ट्रयाकमा झण्डै ४ किमिको सुरुङ मार्ग बनाइनुपर्छ । तर उक्त सुरुङको अहिले सम्म डिपीआर नै बनाइएको छैन ।

‘भारतीय कम्पनीको डिपीआर नै अपुरो छ । यसैका आधारमा फष्ट ट्रयाक बन्न सक्दैन । यसका लागि अर्को डिटेल डिजाइन हुनपर्छ । यदी अर्को डिटेल डिजाइन नै बनाउनु पर्ने हो भने भारतीय कम्पनीको डिपिआर खरिद गर्नु फजुल खर्च हो । यस तर्फ सरकार लाग्नु हुँदैन’, मन्त्रालयको उच्च स्रोतले भन्यो ।

भौतिक पुर्वाधारविद् डा. सुर्यराज आचार्य पनि सरकारले हचुवाको भरमा भारतीय कम्पनीले बनाएको डिपीआर खरिद गर्न लागेको बताए । उनले भने, ‘डिपीआर अधुरो रहेको विज्ञहरुले नै भनिसकेका छन् । यस्तो डिपीआर सेनाले खरिद गर्नु हुँदैन । यसो गरिँदा सेनाको गरिमा विवादमा पर्छ । यदी अर्को डिटेल डिजाइन नै गरिनु पर्ने आवश्यकता देखिएको हो भने यसलाई सरकारले रिजेक्ट गर्न सक्नु पर्छ ।’

संसदको बिकास समितिका तत्कालिन सभापति रविन्द्र अधिकारीले पनि सरकारले खरिद गर्ने निर्णय गरेको भारतीय कम्पनीको डिपीआर अपुरो रहेको बताए । ‘भारतीय कम्पनीले तयार पारेको डिपीआर हामीले पनि अध्ययन गर्यौं । त्यसमा आवश्यक पुलको संख्या नै छैन । सुरुङ मार्गको बास्तविक तथ्यांक पनि छैन । त्यसो हुँदा हामीले डिपीआर अधुरो छ भनेर त्यति बेलै भनेका थियौं । तर, अहिले त्यही डिपीआर सरकारले खरिद गर्ने निर्णय गरेको सुनियो । त्यो गलत छ । फाष्ट ट्रयाक समयामा नै नबनाउने नियत यसमा रहेको प्रष्ट हुन्छ’, उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस