विस्फोटक पदार्थसहित चार पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विस्फोटक पदार्थसहित चार पक्राउ


४ मंसिर २०७४, सोमबार


चितवन । प्रहरीले विस्फोटक पदार्थसहित चार जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत पैयूँ ३ का दिवस भुसाल, तनहुँ रिसिङ २ का अरुण गिरी, माडी नगरपालिका–४ चितवनका रमेश श्रेष्ठ र माडी नगरपालिका–५ की टीका न्यौपाने रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराए ।

पक्राउ पर्नेमध्ये भुसाल र गिरीलाई भरतपुर महानगरपालिका–७ पिपलचोकबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट पाँच किलो विस्फोटक पदार्थ जिलेटिन र पड्काउन प्रयोग हुने विद्युतीय तार बरामद भएको छ ।

यस्तै माडीबाट पक्राउ परेका श्रेष्ठ र न्यौपानेको साथबाट नेपाल कम्युनिष्ट पार्टीको दस्तावेज बरामत गरिएको प्रनाउ ढकालले जानकारी दिए । यसअघि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज लालबहादुर बिसीसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस