अधिकार बाँडफाँटमा कामपा र जिशिकाको हानथाप « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अधिकार बाँडफाँटमा कामपा र जिशिकाको हानथाप


३ मंसिर २०७४, आइतबार


काठमाडौं । विद्यालय शिक्षाको अधिकार हस्तान्तरण गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र जिल्ला शिक्षा कार्यालयबीच हानथाप भएको छ ।

संविधान र स्थानीय तह सञ्चालन तथा व्यवस्थापन गर्न बनेको ऐनअनुसार माध्यमिक तहसम्मको शिक्षाको अधिकार आफूलाई हस्तान्तरण गर्न महानगरपालिकाले जिल्ला शिक्षा कार्यालयलाई पत्रमार्फत बारम्बार अनुरोध गरिरहेको छ ।

जिशिकाले भने आफूहरू शिक्षा ऐन र नियमावलीअनुसार सञ्चालन रहेको र उक्त ऐनमा उल्लेख व्यवस्थाविपरीत अधिकार हस्तान्तरण गर्न कठिन भएको दावी गर्दै आनाकानी गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस