सुरक्षा सतर्कता अपनाऊ : आयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुरक्षा सतर्कता अपनाऊ : आयोग


२ मंसिर २०७४, शनिबार


काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचारप्रसारमा हिँडेका उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमणका घटना भएपछि निर्वाचन आयोगले सरकारलाई थप सुरक्षा सतर्कता अपनाउन भनेको छ । उम्मेदवारमाथि बम आक्रमणका घटनाबाट स्तब्ध भएको आयोगले जनाएको छ ।

‘निर्वाचनका लागि सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति आयोग विश्वस्त छ,’ आयोगले शुक्रबार विज्ञप्तिमार्फत भनेको छ, ‘तर, हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारहरूले शान्तिपूर्ण रुपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताको भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधाव्यवधान भएकाले त्यसले आयोगलाई स्तब्ध तुल्याएको छ ।’

आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न अहोरात्र क्रियाशील रहेको विज्ञप्तिमा जनाइएको छ । आयोगले यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा लाग्नसमेत सबैलाई आग्रह गरेको छ । ‘बेलैमा थप सुरक्षा सतर्कता अपनाउन आयोग सरकारलाई हार्दिक आग्रह गर्छ । साथै यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवं निर्वाचन सरोकारवालासँग आयोग अनुरोध गर्छ,’ आयोगले भनेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस