तर्क नगरी विश्वास गर्दै जाऊ
प्रकृतिको महिमालाई ईश्वर भन्दै जाऊ
कि भन प्रकृति नै ईश्वर हो
नत्र कति छन ईश्वर गन्दै जाऊ
ए आकासतिर हेर्ने अन्धभक्तहरू
तेरोमेरो भनि वेहोस लड्दै जाऊ
कर्मविना फूलमात्र चढाउँदै
ढुङ्गालाई निसङ्कोच पुज्दै जाऊ