गौचन हत्यामा संलग्न थप दुई पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गौचन हत्यामा संलग्न थप दुई पक्राउ


१ मंसिर २०७४, शुक्रबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

प्रहरीले कपनबाट बसन्त थेबे र धनराज योङहाङ पक्राउ गरिएको जनाएको छ । उनीहरूको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले गौचनको हत्यामा संलग्न राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलार्इ सार्वजनिक सकेको छ ।

घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेत भने अझै फरार छन् ।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो । गोलीबाट घाइते बनेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । फरार अभियुक्तहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस