२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १- ‘राजधानी’ सपनाले मतदाता रनभुल्ल

अ+ अ-

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेदवार शेखर कोइराला र एमालेका उम्मेदवार लालबाबु पण्डितलाई घरदैलोमा मतदाताले प्रायः सोध्ने एउटै प्रश्न छ, ‘तपाईंको उम्मेदवारी केका लागि ?’ उनीहरु दुवैको उत्तर पनि एउटै छ, ‘विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन ।’ मतदाता भने दुवै उम्मेदवारको एउटै अजेन्डाले अलमलमा छन् ।

विराटनगरका धेरैजसो वडा समेटिएका मोरङका निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ का प्रतिनिधिसभाका उम्मेदवारमात्र होइन, प्रदेशसभाका उम्मेदवारको पनि मुख्य चुनावी अजेन्डा विराटनगरलाई राजधानी बनाउनु नै हो । यी सबै उम्मेदवारले प्रदेश नम्बर १ को राजधानी विराटनगर बनाउने मुद्दामा नै मतदातालाई रिझाउने कोसिस गरिरहेका छन् ।

आर्थिक राजधानी र कोइराला परिवारको विरासत थामेको विराटनगर प्रदेश १ को राजधानी ‘निर्विकल्प’ रहे पनि राजनीतिक खिचातानीले भने यो मुद्दा मोरङ, सुनसरी र धनकुटाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका लागि मुख्य चुनावी अजेन्डा बनेको छ । ‘विराटनगरलाई राजधानी बनाउनु नै हाम्रो प्रमुख मुद्दा हो,’ कांग्रेसका उम्मेदवार कोइरालाले मतदातासँगको भेटमा भनिरहेका छन् । ‘विराटनगरलाई महानगर बनाउन एमालेको ठूलो भूमिका छ,’ एमालेका उम्मेदवार पण्डितले भने, ‘अब यसलाई प्रदेश नम्बर १ को राजधानी बनाउन हामी अग्रसर भएका छौं ।’

देशभरमै सबैभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा छ । मोरङमा कांग्रेस र वाम गठबन्धनका सबै उम्मेदवारको प्रमुख अजेन्डा नै विराटनगरलाई राजधानी बनाउने हो । त्यसपछि मात्रै विकास, पूर्वाधार, रोजगारी र समृद्धिको अजेन्डालाई उनीहरुले प्राथमिकतामा राखेका छन् ।

मोरङको क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार महेश आचार्य र वाम गठबन्धनका उम्मेदवार अमन मोदी, क्षेत्र नम्बर ५ का कांग्रेस उम्मेदवार अमृत अर्याल, वाम गठबन्धनका शिवकुमार मण्डल र संघीय समाजवादी फोरमका उम्मेदवार राजकुमार यादवको पनि प्रमुख चुनावी अजेन्डा विराटनगरलाई राजधानी बनाउनु नै हो ।

प्रदेशको राजधानी बनाउन तोकिएको मापदण्डअनुसार उच्च अदालत, नेपाल प्रहरीको प्रदेश नम्बर १ को कार्यालयलगायतका सरकारी पूर्वाधार तयार रहेको, आर्थिक, सामाजिक, ऐतिहासिक, राजनीतिक र अन्य हिसाबले पनि राजधानी बनाउन विराटनगर उपयुक्त रहेको भन्दै सबै उम्मेदवारले मतदातालाई रिझाउन कुनै कसर बाँकी राखेका छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस