२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठुला दलको आक्रामक प्रचार

अ+ अ-

काठमाडौं । युट्युबसहितको प्रयोग भने आक्रामक बनाएको छ । सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिबद्धता, नीति, सिद्धान्त र कार्यक्रमलाई उम्मेदवारले मतदातासम्म पुर्‍याइरहेका छन् । कांग्रेसले ‘नेपाली कांग्रेसको सरकार, लोकतन्त्र, राष्ट्रियता, एकता र समृद्धिका आधार’, ‘सबैको जित, सबैको हित, नेपाली कांग्रेसको दृष्टि उच्च र दिगो आर्थिक वृद्धि’सहितका चुनावी नारा अघि सारेको छ ।

कांग्रेसले ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा तीन हजारका दरले रूख र चारतारे झन्डा, हरेक प्रदेशमा पाँच हजारका दरले घोषणापत्र र एउटा प्रदेशमा १५ हजारका दरले पार्टी सभापतिको अपिल पठाएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए।

कांग्रेसले केन्द्रमा समग्र घोषणापत्र ल्याए पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो क्षेत्रका लागि छुट्टै घोषणापत्र पनि ल्याउन पाउनेछन् । उम्मेदवारहरू स्थानीय आवश्यकतालाई समेट्दै घोषणापत्र तयार गरेर मतदातासमक्ष पुगिरहेका छन् । जिल्लामा उठेका उम्मेदवारले आफैँ घोषणापत्र ल्याउन पाउनुका साथै झन्डा छाप्न सक्नेछन् ।

कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका प्रतिउम्मेदवार एक लाख रुपैयाँका दरले निर्वाचन खर्च दिएको छ । केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार बाटो खर्च भनेर उम्मेदवारलाई एक÷एक लाख खर्च दिइएको हो ।

निर्वाचनका लागि कांग्रेसले विराटनगर, धनगढी, पोखरा, डडेल्धुरा, बुटवल, सुनसरी, जनकपुर, सुर्खेतमा मिडिया सेन्टर खोलेको छ । २७ कात्तिकदेखि यी सेन्टरले काम थाल्नेछन् । मिडिया सेन्टर प्रत्येकमा ६ जनाका दरले पत्रकार कार्यरत छन् । कांग्रेसनिकटको पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूले प्रदेशमा रहेका हरेक कांग्रेस उम्मेदवारका भाषण, पार्टीका गतिविधिलाई केन्द्रको मिडिया सेन्टरमा पठाउँछन् । केन्द्रको सेन्टरले ती सामग्रीलाई मिडियासमक्ष पुर्याउने गर्छ ।

केन्द्रको मिडिया सेन्टरको संयोजक सुरेश आचार्य छन् । उनीसँगै कृष्ण केसी, परशु घिमिरे, बद्री सिग्देल, तारानाथ दाहाल, धर्मेन्द्र झा, कविर राणा, समीरजंग शाह, कुलचन्द्र वाग्ले छन् । साथै, प्रकाश अधिकारीले पनि मिडियासँग संयोजन गरिरहेका छन् । यस्तै, प्रचार अभियानअन्तर्गत सामाजिक सञ्जाल, छापा, विद्युतीय माध्यम, अनलाइनसहितका मिडिया हेर्ने गरी कार्यदल बनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments