२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै मात्र सम्पदा पुनःनिर्माण, बजेट फ्रिज

अ+ अ-

काठमाडौं । भूकम्प गएको ३१ महिना बित्दासमेत विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटाको मात्र पुनःनिर्माण भएको छ ।

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका मन्दिरमा आंशिकमात्र क्षति पुगेपनि सत्तल भने पूर्णरुपमा भत्किएका थिए । भत्किएकामध्ये हालसम्म लालगणेश मन्दिरको मात्र पुनःनिर्माण सम्पन्न भएको छ । भट्टहरुको आवास मर्मत पनि सम्पन्न भएको छ ।

बाँकी ६३ वटा सम्पदा पुनःनिर्माणको प्रक्रियामा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषमा प्राविधिक जनशक्तिको कमी रहेकाले पुनःनिर्माणमा ढिलाइ भएको हो ।

पाँच वर्षमा पशुपति क्षेत्रका पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले महत्व बोकेका सम्पदा पुनःनिर्माण गर्न दुई अर्ब २० करोड लाग्ने अनुमान गरिएको छ । भूकम्पपछि गत आर्थिक वर्षमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्पदा पुनःनिर्माणका लागि २५ करोड निकासा गरेको थियो ।

सार्वजनिक खरिद ऐन र नियमावलीको प्रक्रिया पूरा गरेर निकासा भई आएको बजेटको एक तिहाई पनि कोषले खर्च गर्न सकेन । गत वर्ष कोषले चार करोड २५ लाख बराबरको पुनःनिर्माण सम्पन्न गरेको निर्देशक भरत मरासिनीले जानकारी दिए ।

‘प्राधिकरणबाट पुनःनिर्माणका लागि आएको बजेटको २० प्रतिशतमात्र गत वर्ष खर्च हुनसक्यो, बाँकी बजेट फ्रिज भयो, चालु आवमा रु २० करोड ७५ लाखको ठेक्का भई काम शुरु भएको छ’– उनले भने ।

भूकम्पले भत्किएका ६४ सम्पदामध्ये कोषले पाँचवटा सम्पदा पुनःनिर्माणको जिम्मेवारी दातालाई दिएको छ । दातालाई पुनःनिर्माण गर्न जिम्मेवारी दिइएका सम्पदामा चार शिवालयमध्ये गौरीघाट र गौरीघाट चौघेरा सत्तल तीन करोड, बज्रेश्वरी सत्तल ५० लाख, जयवागेश्वरी मन्दिर दुई करोड र महास्नानघर रु तीन करोडको लागतमा जिम्मेवारी दिइएको हो ।

भत्किएका सम्पदामध्ये हालसम्म आठ करोड ५० लाखको लागतमा दातालाई बनाउने अनुमति दिइएको छ । प्राधिकरणले दिएको बजेबाट पुनःनिर्माण शुरु भएका सम्पदामा चन्दनपाटी (घ्याम्पे सत्तल) को काम ८०, शंकराचार्य मन्दिर ६०, कुलानन्द झा सत्तल ८०, वनकाली सत्तल ८० र अमरकान्तेश्वर मन्दिर ४० प्रतिशत सम्पन्न भएको कोषले जनाएको छ ।

सुरेशकान्तेश्वर मन्दिर, गुह्येश्वरी चौघेरा सत्तल पश्चिम खण्ड र ताराप्रकाशेश्वर मन्दिरको निर्माण प्रारम्भ भएको छ । कोटीलिंगेश्वर मन्दिरको जगको काम भई अरु काम शुरु भएको निर्देशक मरासिनीले बताए ।

गुह्येश्वरस्थित वाग्मती किनाराको सत्तल ४५, पन्ध्रशिवालय सत्तल ८०, चौतरिया शिवालय २ वटाको गजुरको काम मात्र बाँकी रहेको छ । मृगस्थली परिसरका शिवालय पुनःनिर्माणका लागि एकपटक ठेक्का भएकामा प्रक्रिया नमिलेको भनी पुनः ठेक्का भएको छ ।

भूकम्पले भत्किएका शंकरनारायण सत्तल, गोरखनाथ मन्दिर पश्चिम सत्तल, ढोँ गुठी (द्यो छेँ), बज्रघर, किराँतेश्वर सत्तल, लक्ष्मीनारायण मन्दिर, सप्तमी सत्तल, गुह्येश्वरी सेतो सत्तल, चावहिलस्थित चन्द्रविनायक मन्दिर, विश्वरुप मन्दिर, दूधधारी पाटी, जीतजंगप्रकाशेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माणका लागि अझै लागत विवरण र पुरातत्व विभागबाट अनुमति लिने काम भइरहेको छ ।

पशुपति क्षेत्रका सम्पदा भूकम्पबाट भन्दा पनि समयमा जीर्णोद्धार नभएकाले बढी क्षति भएको कोषले अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ । भष्मेश्वर सत्तल २०७२ साल वैशाख १२ गते अघि नै कोषले जीर्णोद्धार गर्ने कार्यक्रम बनाएको थियो । तर कोषले जीर्णोद्धार गर्न नपाउँदै भूकम्पबाट भत्किएकाले पुनःनिर्माण गर्नुपरेको हो ।

भूकम्पले अन्य स्थानका सम्पदा पूर्णरुपमा क्षति पुग्दा बढी ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक स्थल रहेको पशुपतिमा कम क्षति पुगेकाले विदेशी विज्ञ एवम् पर्यटकको चासोको विषयको बनेको थियो ।

प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटा पशुपति क्षेत्रमा भत्किएका सम्पदामध्ये हालसम्म लालगणेश मन्दिर र भष्मेश्वर सत्तलमात्र सम्पन्न भएको प्रतिवेदन प्राप्त भएको स्वीकार्नुहुन्छ ।

‘अन्य ठाउँका सम्पदा पुनःनिर्माणमा प्रगति भएको देखिए पनि पशुपति क्षेत्रकै सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको छ, छिटो निर्माण सम्पन्न गराउने उद्देश्यले यसै साता छलफल गरिने भएको छ’– उनले भने ।

भूकम्प गएको लामो समय बित्दा समेत सम्पदा पुनःनिर्माणमा बिलम्ब हुँदा पर्यटकमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले छिटो गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस