२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन विरोधी घटना नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा

अ+ अ-

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को विषयमा गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ७ नं प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले केही जिल्लामा निर्वाचन प्रक्रियालाई असर पुर्याउने खालका उम्मेदवार लक्षित क्रियाकलाप बढेको जानकारी आएकाले निर्वाचनका लागि बनेको सुरक्षा योजनामा कहाँनिर त्रुटि रह्यो भन्नेतर्फ सजक भई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए ।

गृह मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री देउवाले उम्मेदवारहरुमाथि भएको आक्रमणका घटनाको सूक्ष्म रुपमा अध्ययन गरी आक्रमणकारी माथि कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिने गरी काम गर्नुपर्ने बताए ।

उनले भने, ‘तोकिएको समयमा निर्वाचनलाई शन्तिपूर्ण भयरहित निष्पक्ष वातारवरणमा गराउनु सरोकारवाला हामी सबैको प्रमुख कर्तव्य र जिम्मेवारी हो ।’

आगामी दिनमा निर्वाचनको सुरक्षामा खतरा पु¥याउन सक्ने सम्भावित पक्षका गतिविधिको नियन्त्रण, निगरानी, अस्वस्थ्य प्रतिस्पर्धा, जबर्जस्ती चंदा संकलन, धम्कीजस्ता गविविधलाई नियन्त्रण गर्न निर्देशन दिदैं प्रधानमन्त्री देउवाले भौगोलिक विकटता, संरचनाको अभाव, निर्वाचनमा हुने मानवीय त्रुटिजस्ता चुनौतीका बाबजुद चुनावका लागि आवश्यक वातावरण बनाउन सम्बन्धित सबै पक्षसंग आग्रह गरे ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले निर्वाचन सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए ।

गोष्ठीमा ७ नं प्रदेशका सबै नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस