२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहयोद्धाको चुनावी संघर्ष

अ+ अ-

गोरखा । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ । प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन् । बिजुलीका पोल र रूखका हांँगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, आंँखा र रूख चिह्न अंकित झन्डा फहराइरहेका छन् । ओहोरदोहोर गर्ने गाडीबाट चुनावी गीत गुन्जिन्छन् ।

ठूला रूखका छहारी र बिसौनीमा सर्वसाधारणको झुरुप्प जमघट भेटिन्छ । ती जमघटहरूमा दुई पात्रको चर्चा सुनिन्छ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ।

विगतमा एकै पार्टी माओवादीका सहयोद्धा यी दुई नेता गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसको समर्थन प्राप्त नयाँ शक्तिका भट्टराई र वाम गठबन्धनका उम्मेदवार श्रेष्ठबीचको प्रतिस्पर्धाले जसरी राष्ट्रिय ध्यान केन्द्रित गरेको छ, त्योभन्दा बढी स्थानीय माहोल तताएको देखिन्छ ।

एकअर्कालाई हराउने उनीहरूको प्रतिस्पर्धाले यहाँको चुनाव अन्यत्रभन्दा केही भड्किलो बन्दै गरेको देखिन्छ । करिब एक दर्जन गाडी, मोटरसाइकलको लस्कर अघिपछि लगाएर भट्टराई र श्रेष्ठ दुवै आफ्नो क्षेत्रमा मत मागिरहेका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै दुवैले जिल्ला छाडेका छैनन् । एक जना पुगेको स्थानमा लगत्तै अर्का पुग्छन् । सोमबार पालुङटार नजिकको शेरा क्षेत्रमा दिउँसो श्रेष्ठको टोल भेला चल्यो भने राति अबेरसम्म भट्टराई त्यस्तै भेलालाई सम्बोधन गरिरहेका थिए ।

खोप्लाङका भट्टराई र जौबारीका श्रेष्ठ दुवै स्थानीय हुन् । त्यही कारण यस क्षेत्रका तटस्थ मतदाता कसलाई छान्ने भन्ने दोधारमा छन् । दुवै उम्मेदवारका सबल र दुर्बल पक्षको लेखाजोखा गर्न मतदाताको ध्यान केन्द्रित छ । ‘दुवै नेता हाम्रो जिल्लालाई चाहिने खालका हुन्, त्यसैले दुवै जना एउटै क्षेत्रबाट नउठुन् भन्ने थियो तर उहाँहरू एकै ठाउँमा लड्न आउनुभयो,’ गाईखुर खत्रीटारको चौतारीमा चुनावी गफ गरिरहेका स्थानीय बलबहादुर कँडेलले भने, ‘नचाहँदा नचाहँदै अब हामीले एक जनालाई हराउनुपर्ने स्थिति आयो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस