२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड !

अ+ अ-

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। निर्णय ढिलाइले आईओएमअन्तर्गतका महाराजगन्ज मेडिकल कलेज, किस्ट, आर्मी, जानकी, गण्डकी, युनिभर्सल, नेसनललगायत मेडिकल कलेजको एमबीबीएस तह अध्ययनको एउटा सेसन नै सर्ने देखिएपछि विद्यार्थीको भविष्य संकटमा परेको हो ।

प्रवेश परीक्षामा चिट चोरी भएको प्रहरीको प्रारम्भिक प्रतिवेदन आइसकेकाले नतिजा सार्वजनिक गर्दा सर्वत्र विरोध हुन सक्ने र रद्द गर्दा आफूहरूको गल्ती ठहर हुने भयमा आईओएमका पदाधिकारी परेका छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. दिलीप शर्माले प्रवेश परीक्षाबारे समयमै निर्णय नहुँदा महँगो शुल्क बुझाएर विद्यार्थी बिदेसिन थालेको बताए । ‘कारण जे भए पनि आईओएमले निर्णय लिन ढिलाइ गर्दा त्यसको असर डाक्टर बन्ने उद्देश्य राखेका हजारौं विद्यार्थीमा परेको छ’, डा. शर्माले भने, ‘नेपालमा एक वर्ष खेर जाने सम्भावना देखिएपछि कन्सलटेन्सीलाई १० लाख रुपैयाँसम्म अतिरिक्त रकम बुझाएर विदेश जाने तयारी गरेको बुझिन्छ।’

पुरानो प्रवेश परीक्षा रद्द गरेर अर्को प्रवेश परीक्षा लिनुपर्ने अवस्था आए योग्यता क्रम छान्ने, काउन्सिलिङ गर्नेलगायत काममा अझै ६ महिना धकेलिन सक्छ। त्यतिन्जेलसम्म अधिकांश विद्यार्थी कि महँगो शुल्क तिरेर विदेश जान्छन् भने कतिपय अन्य विषय अध्ययन गर्न बाध्य हुनेछन् । डा. शर्माका अनुसार एमबीबीएसको यो वर्षको सेसन तीन महिनाअगावै सुरु हुनुपर्ने थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त परीक्षामा प्रश्नपत्र बाहिरिएपछि सोहीअनुसार केही विद्यार्थीले चिट चोरेको प्रतिवेदन आईओएमलाई बुझाइसकेको छ । आईओएमका डीन डा. जगदीश अग्रवालले चिटकाण्डका विषयमा त्रिभुवन विद्यालयका चिन्तामणि पोखरेलको संयोजकत्वको पाँच सदस्ययी समितिले छानबिन प्रतिवेदन बुझाउन समय लगाउँदा नतिजाबारे अन्योल छाएको दाबी गरे । प्रवेश परीक्षाबारे छानबिन प्रतिवेदन बुझाउन दुई साताको समय लिएको समितिले थप दुई साता बितिसक्दा पनि प्रतिवेदन बुझाएको छैन । डा. अग्रवालले त्रिविका उपकुलपति बाहिर भएकाले समय लागेको भन्दै अब केही दिनमै प्रतिवेदन आउने बताए। ‘प्रतिवेदन आउनासाथ त्रिविको कार्यकारी परिषद्ले लिने निर्णयअनुसार हामी अघि बढ्नेछौं,’ डा. अग्रवालले भने ।

असोज २८ गते आईओएमले लिएको एमबीबीएस प्रवेश परीक्षामा ‘म्याग्नेटिभ डिभाइसुबाट चिट चोराएको पुष्टि भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाले परीक्षाको पहिलो दिन चिट चोराउने सप्तरीका नाइके समीर झा, डा. सुशील मण्डलसहित १६ जनालाई पक्राउ गरेको थियो। उक्त अप्रेसनमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि सहयोग गरेको थियो। चिट चोराउनेमध्ये १० जनालाई प्रहरीले साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाइसकेको छ। त्यस्तै, दुई जनालाई शिक्षा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ। घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments