२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थल प्रमुख प्रहरी निगरानीमा

अ+ अ-

काठमाडौं । विदेश भ्रमणमा निस्किँदा सधैं विशिष्ट अतिथि (भिआइपी) ले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जिएम) देवानन्द उपाध्याय गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे ।

प्रहरीको विशेष टोली भने भिआइपी कक्षतिर उनको प्रतीक्षामा थियो । उनी भिआइपी बाटोको सट्टा सामान्य यात्रुको बाटोबाट गएको सूचना आएलगत्तै भिआइपी बाटोमा बसेको प्रहरी टोली सामान्य यात्रु जाने बाटोतिर मोडिए ।

प्रहरीले विमानस्थलका जिएम उपाध्यायलाई लामबाट निकाल्यो र उनको साथमा रहेको सुटकेस जाँच गर्यो । उनले साथमा लिएर जान सम्बद्ध वायुसेवा कम्पनीको ‘चेक–इन काउन्टर’ मा दिएको लगेज प्रहरीको अर्को टोलीले जाँच गर्यो । उनको लगेज र सुटकेसमा केही फेला नपरेपछि प्रहरीले उनलाई अमेरिका जाने बाटो खुला गरिदियो ।

उपाध्यायलाई विमानस्थलमा खटिएको प्रहरी टोलीको सट्टा विशेष टोलीले जाँच गर्नुको कारण थियो– उनी अवैध विदेशी मुद्रा ओसारपसारमा संलग्न रहेको भरपर्दो सूचना ।

सरकारी उच्च स्रोतका अनुसार गत वर्षदेखि नै उपाध्याय विदेशी मुद्राको अवैध ओसारपसारमा शंकाको घेरामा परेका थिए । तर, उच्चतहका अधिकारी भएका कारण प्रहरीले छड्के जाँच गर्न सकेको थिएन । सन् २०१६ डिसेम्बर १ देखि ६ सम्म श्रीलंकाको कोलम्बोमा आयोजना भएको ‘डाइरेक्टर जनरल अफ सिभिल एभिएसन कन्फरेन्स’ मा सहभागी हुन त्यहाँ पुगेका उनको साथबाट नक्कली अमेरिकी डलर फेला परेको थियो ।
‘उपाध्यायले आफू बसेको होटलमा बिल तिर्दा दिएको अमेरिकी डलर नक्कली भएको पुष्टि भएपछि होटल व्यवस्थापनले तत्काल प्रहरी बोलाएर उनलाई नियन्त्रणमा लिएको थियो,’ उच्च स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘त्यसपछि उनलाई तत्काल श्रीलंकाबाट बाहिर नजान त्यहाँको प्रहरीले आदेश दिएको थियो । तर, उपाध्यायले श्रीलंकाली नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीलाई मनाएर बल्लबल्ल नेपाल फर्किएका थिए ।’

स्रोतका अनुसार जाँचका क्रममा उपाध्यायले श्रीलंकामै सटही गर्दा नक्कली डलर परेको दाबी गरेका थिए । त्यहाँबाट उम्किए पनि प्रहरी संगठनको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत उक्त सूचना नेपाल प्रहरीसम्म आइपुगेको थियो । त्यही बेलादेखि नै उपाध्यायमाथि प्रहरीको नजर थियो । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा पनि छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस