प्रकृति र म « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रकृति र म


१८ कार्तिक २०७४, शनिबार


प्रकृति तिमी तिमी हौ
म मै हुँ

तिमी त्यो हौ जस्संग
निश्चित भोलि छ,
शीत पछिको पाडीलो घाम छ,
वर्षात पछिको सुरम्यता छ,
उराढ पछिको माधुर्यता छ ।
प्रकृति तिमी तिमी हौ ।

प्रकृति तिमी चतुर छ्यौ,
चिसोले पोलेर घाउहरू,
न्यानोले सेकिदिन्छ्यौ ।
तातोले ओईलाई सुतेकाहरु,
शीतका थोपा छर्केर बिउझाउछ्यौ ।
हिजोलाई भोलि पार्ने,
एक महान गुण छ तिमीमा,
त्यसैले त
प्रकृति तिमी तिमी हौ ।


एक म छु,
हिजो मेटीएको,
भोलि नभेटीएको ।
यहि अस्पस्ट यात्रामा भौतारिदै,
जीवन यात्रा पुरा गर्ने,
अनि
तिमी भन्दा अब्बल ठहरिने ।
पृथक प्रवृत्तिको,
म मै हुँ ।

तिम्रा प्रत्येक रुपहरु मा,
लाभांशको प्रखर साधक ।
तिम्रो जीवन कथाले,
नमागेको खलनायक ।
स्वाद र स्वार्थको प्रतिमुर्ति
म मै हुँ ।

प्रकृति तिमी बिग्रेको बनाउछ्यौ,
तिमी तिमी हौ ।
म बनेका बिगार्छु,
म मै हुँ ।
तिमी संग मेरो के तुलना,
तिमी तिमी है
म मै हुँ

Tags :
प्रतिक्रिया दिनुहोस