मतपत्र अलग्गै, निर्वाचन मिति फेरबदल नहुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मतपत्र अलग्गै, निर्वाचन मिति फेरबदल नहुने


१३ कार्तिक २०७४, सोमबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापिने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार आफ्नो पूर्वनिर्णय परिवर्तन गर्दै निर्वाचन आयोगले दुवै सभाको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मतदानका लागि अलगअलग पानामा मतपत्र छाप्ने निर्णय गरेको हो ।

यो निर्णयले मंसिर १० र २१ गते निर्धारित दुई चरणको निर्वाचन मितिमा कुनै फेरबदल नहुने आयोगले प्रस्ट पारेको छ ।

आयोगले सर्वोच्चको आदेशको प्रतिलिपिसहितको पत्र शनिबार प्राप्त गरेको थियो । आन्तरिक छलफल र कानुनविद्हरुसँगको परामर्शपछि आइतबार बसेको आयोगको बैठकले दुइटा मतपत्र छाप्ने निर्णय लिएको हो । तर, सर्वोच्चमा जवाफ नपठाइसकेकाले उक्त निर्णयलाई आयोगले सार्वजनिक गरिसकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस