प्रधानमन्त्री कार्यालयमै चार सचिव रिक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री कार्यालयमै चार सचिव रिक्त


१३ कार्तिक २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका चारवटा महाशाखा सचिवविहीन बनेका छन् ।

सरकारले कात्तिक ६ गते प्रधानमन्त्री कार्यालयका चारसहित दर्जनभन्दा बढी सचिव सरूवा गरेपछि महाशाखा सचिवविहिन भएका हुन् । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संघीयता तथा शासकीय सुधार महाशाखा हेर्ने सचिव केदारबहादुर अधिकारी, आर्थिक पूर्वाधार महाशाखा हेर्ने सचिव शंकर अधिकारी, जनशक्ति तथा व्यवस्थापन महाशाखा हेर्ने सचिव रामकुमार आचार्य र सामाजिक विकास माशाखा हेर्ने सचिव ङइन्द्रप्रसाद उपाध्यायको एकै पटक अन्यत्र सरूवा गरेको थियो ।

सचिव नहुँदा ती महाशाखाले गर्ने महत्वपूर्ण सबै काम ठप्प भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस