२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बनेन रानीपोखरी

अ+ अ-

काठमाडौं । दुई वर्षअघिसम्म छठको अघिल्लै साँझ रानीपोखरी झकिझकाउ हुन्थ्यो । व्रतालुहरूको घुइँचो लाग्थ्यो । तर अहिले यो ऐतिहासिक पोखरी सुकेको मात्र छैन, देख्दै कुरूप छ । झार उम्रिएर चउरमा परिणत भएको पोखरीमा निर्माण सामग्री असरल्ल छन् । भूकम्पले भत्काएको पोखरी बीचको मन्दिरका भग्नावशेषसमेत उत्तिकै अलपत्र छ ।

तैपनि परम्परा थेग्दै तिहारमा आफ्ना दिदीबहिनी नहुने दाजुभाइले टीका लगाए । ‘मन्दिरै नभए पनि धार्मिक आस्था किन मथ्र्यो ?’ असनका रत्नकाजी श्रेष्ठले भने, ‘विरक्त लाग्दो पोखरीको छेउमा बसेर टीका लगाउनेको भीड लाग्यो ।’

काठमाडौं महानगरपालिकाले मापदण्डअनुसार पुनर्निर्माण गरेको भए गतवर्षकै तिहारमै रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भक्तजनले दर्शन गर्न पाउने थिए । तर पुरातात्त्विक मापदण्डअनुरूप नभएपछि धमाधम काम भइरहेकै बेला पुरातत्त्व विभागले निर्माण रोकिदियो । विभागले रोके पनि महानगर पुरातात्त्विक मापदण्ड पालना गर्न राजी भएन । उल्टै भनिदियो– बनाउन सक्दैनौं । महानगरले बनाउन नसक्ने बताएपछि विभागले नै निर्माणको जिम्मा लियो । अनि ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केनकेजी जेभीलाई कामको जिम्मा दियो– ‘यो तिहार र छठ अगावै काम सक्नू ।’ पहिल्यै पुरातात्त्विक मापदण्डविपरीत काम गरेको यही ठेकेदार कम्पनीलाई विभागले पनि पुनर्निर्माणको जिम्मा सुम्पिएको हो । तर अहिलेसम्म पनि काम सकिनु त परै, निर्माणको सुरसारसमेत छैन । विभागका प्रमुख पुरातत्त्व अधिकृत दामोदर गौतमका अनुसार ठेकेदारलाई दिएको समय सकिन अब ७ महिना मात्र बाँकी छ । ‘यो अवधिमा निर्माण सकिन्छ,’ उनको दाबी छ, ‘काठको कारणले काम रोकिएको हो ।’

महानगरले मापदण्डविपरीत बनाएको बालगोपालेश्वर मन्दिर भत्काएर पुरातत्त्व विभागले ५ महिनाअघि पुनर्निर्माण सुरु भएको बताएको थियो । गत तिहारमै निर्माण सक्ने लक्ष्यसहित २०७२ माघ २ मा राष्ट्रिय भूकम्प दिवसका अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । तर महानगरले पुरातात्त्विक मापदण्डविपरीत पुनर्निर्माण गरेपछि ०७३ वैशाखमै निर्माण कार्य रोकिएको थियो ।

महानगरले पुरातात्त्विक मापदण्डविपरीत कंक्रिट प्रयोग गरेको पाइएपछि सर्वसाधारण विरोध गर्दै सडकमै उत्रिएका थिए । विवाद बढेपछि पुरातत्त्वले भत्काएर मापदपण्डअनुसार बनाउन आदेश दिएको थियो । महानगरले आफूसँग पुरातात्त्विक मान्यताअनुसार निर्माण गर्ने जनशक्ति र सामग्री नभएकाले बनाउन नसक्ने बताएपछि गत वर्ष पुरातत्त्वले रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने जिम्मेवारी लिएको थियो ।

रानीपोखरीबीचको मन्दिर र बाहिरको समेत गरेर दुई भागमा विभाजन गरी काम अघि बढाइएको थियो । मन्दिर बाहिरको काम भने महानगरले नै गर्ने सहमति छ । अहिले पुरातत्त्व, महानगर दुवैले काम अघि बढाएका छैनन् । ‘ठेकेदार छान्ने चरणमै छौं,’ महानगरका कार्यकारी अधिकृत धनीराम शर्मा भन्छन्, ‘ड्रइङ डिजाइन तयारै छ पो ।’

महानगरले तयार गरेको डिजाइनमा रानीपोखरीलाई म्युजिकल वाटर फाउन्डेसन पार्कका रूपमा विकसित गर्ने योजना अघि बढाएको थियो । पोखरीको छेउमा बस्न पार्कसमेत निर्माण गर्ने महानगरको लक्ष्य छ । महानगरको योजनाअनुसार यहाँ आउने पर्यटकका लागि टिकट काटेर घुम्ने व्यवस्था गरिनेछ । गार्डेन, घुम्न दुईवटा बाटा, कफीसपलगायत संरचना बन्नेछन् । पार्क र वरिपरिको क्षेत्रमा आकर्षक लाइट राखिनेछ । रंगीन फोहोरा फालिने छ । यहाँबाट दैनिक १ लाख रुपैयाँ आम्दानी गर्ने महानगरको योजना छ । महानगरको यो योजनाको पनि स्थानीयवासीले विरोध गरेका छन् । ‘हामी यसलाई सम्पदाकै रूपमा पुनर्निर्माण होस् भन्ने चाहन्छौं,’ सम्पदा बचाउ अभियानका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘ऐतिहासिक सम्पदामा व्यापार गर्ने उद्देश्य महानगरले बनाएको छ । सम्पदालाई सम्पदाकै रूपमा राख्न चाहन्छौं । सम्पदाको मूल्यमान्यता मासेर व्यापार गर्न हामी दिँदैनौं ।’

पुरातत्त्वले भित्री संरचना बनाउन फेरि नयाँ लागत तयार गरेको जनाएको छ । जसअनुसार भित्री संरचना बनाउन सवा करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान रहेको पुरातत्त्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत्त घिमिरेले बताए । बाहिरीरभित्री गरेर यसअघि झन्डै १० करोड रुपैयाँ लाग्ने अनुमान थियो । निर्माण सुरु भएको डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको उनले जनाए ।

रानीपोखरीलाई शोकको प्रतीकका रूपमा पनि लिने गरिन्छ । यसलाई नेवारी भाषामा न्हुहु पुखु भनेर चिनिन्थ्यो पहिला । नेवारी भाषामा न्हुहु पुखु भनेको नयाँ पोखरी हो । यसले विस्तारै रानीपोखरीको रूपमा चर्चा पाउन थालेको हो । प्रताप मल्लले आफ्ना दुई रानीको सम्झनामा सालिकसमेत राख्न लगाए । आफ्नो दरबार अगाडि दुई रानी रूपमती र राजमतीको सम्झनामा कृष्ण मन्दिर पनि बनाए । त्यहाँ रुक्मणी, सत्यभामा र वंशगोपालको मूर्ति राख्न लगाए । ‘यो शोकको प्रतीक हो,’ न्युरोडका शैलेश शाक्य भन्छन्, ‘शोकको प्रतीकमा महानगरले ढुंगा चलाएर पैसा कमाउने उद्देश्य राखेको छ ।’

महानगरले मापदण्ड मिचेको थाहा पाएपछि सम्पदा जोगाउन लागिरहेका युवा समूहले खबरदारी गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दियो । त्यसपछि पुरातत्त्व विभागले काम रोकेर पुरातात्त्विक मान्यता नमचिने गरी पुनर्निर्माण गर्न महानगरलाई निर्देशन दिएको थियो । तर महानगरले यसलाई बनाउन चासो नदिएको स्थानीयवासी बताउँछन् । ‘महानगरले पुरातात्त्विक मूल्य बुझेकै छैन,’ श्रेष्ठ भन्छन्, ‘जसरी पनि ठडयाउने अनि व्यापार गर्ने महानगरको लक्ष्य छ । महानगर सम्पदा बनाउनभन्दा पनि मास्न लागेको हामीलाई लागेको छ । पुरातात्त्विक मूल्यअनुसार नबनाउनु भनेको सम्पदा नास्नु हो । हामी सम्पदा नासिएको टुलुटुलु हेरेर बस्न सक्दैनौं ।’

रानीपोखरीसँग उपत्यकावासीको भावनात्मक साइनो पनि भएको संस्कृतिविद् यज्ञमानपति बज्राचार्य बताउँछन् । यहाँ तिहारमा भाइटीका लगाइन्छ । यमलेश्वर ९बालगोपालेश्वर० महादेवको मन्दिर भाइटीकाको दिनमा मात्रै खुल्छ । तराई मधेस समुदायका व्रतालुले यहीँ छठ पूजा गर्छन् । तर भुइँचालोले भत्काएको संरचना पुनर्निर्माण नहुँदा यहाँ यी दुवै सांस्कृतिक कार्य रोकिए ।

विगतमा यो पोखरी स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षण केन्द्र थियो । २२ फिट ४ इञ्चको पोखरीबाट मन्दिरसम्म पुग्न पश्चिमतिरबाट बनेको पुल आकर्षक देखिन्थ्यो । सर्वसाधारण पोखरीको डिलबाटै माछा पौडिरहेको हेर्थे । अहिले पोखरीका झन्डै ५ सय माछा बालाजु उद्यानमा सारिएको छ । विसं १७२७ मा बनेको रानीपोखरीको बीचभागमा रहेको गुम्बज शैलीको बालगोपालेश्वर महादेव मन्दिर बनाउन इँटाको गारो र त्यसलाई जोड्न चुना, सुर्की (इँटाको धूलो), मासको दाललगायत प्रयोग भएको थियो । अहिले जस्तो रड, सिमेन्टको चलन नभएकाले सबै प्राचीन मन्दिर, घर, दरबार बनाउन यही सामान प्रयोग हुन्थे । ‘पुनर्निर्माणका नाममा यी पुरातात्त्विक महत्त्व नासिदिन पाइँदैन,’ श्रेष्ठ भन्छन् ।

उतिबेला पोखरीको पानी नचुहियोस् भनेर पिँधमा कालोमाटो र त्यसमाथि बालुवा हालिएको थियो । तर पुनर्निर्माणका क्रममा यहाँको माटो चलाइएकाले यहाँ अहिले पानी अडिँदैन । यसपालिको बर्खाको पानीसमेत अडिएन । ‘यसलाई फेरि कालोमाटो र बालुवा राखेर प्राचीन शैलीमै पोखरी बनाउनुपर्छ,’ गौतम भन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस