२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो चरणमा महिला उम्मेदवारी असाध्यै कम

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारी निकै कम देखिएको छ । प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ३२० जनामा १८ र प्रदेशसभातर्फका ४८२ उम्मेदवारीमा २४ मात्रै महिला छन् । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गरी महिलाको उम्मेदवारी ५ प्रतिशतको हाराहारीमा मात्रै परेको छ ।

संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने संवैधानिक प्रावधानप्रति राजनीतिक दलहरू उदासीन देखिएका छन् । उच्च हिमाली तथा पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार भएको थियो ।

प्रतिनिधिसभा निर्वाचन ऐनमा समानुपातिकतर्फको उम्मेदवार बनाउँदा अनिवार्य ५० प्रतिशत महिलालाई बनाउनुपर्ने प्रावधान राखे पनि प्रत्यक्षतर्फको उम्मेदवारीमा त्यस्तो कुनै प्रावधान छैन । त्यसैको लाभ उठाउँदै दलहरू महिलालाई उम्मेदवार बनाउन अनुदार देखिएका हुन् । नेकपा एमालेले पहिलो चरणमा प्रतिनिधिसभातर्फ एकजना पनि महिलालाई आफ्नो पार्टीबाट उम्मेदवार बनाएको छैन । पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाको ३७ सिटमा कांग्रेसले २ र माओवादी केन्द्रले १ स्थानमा मात्रै महिला उम्मेदवार बनाएका छन् । कांग्रेसले खोटाङमा सरस्वती बजिमय र बागलुङबाट चम्पादेवी खडकालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले रुकुम पूर्वबाट कमला रोकालाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसकी नेत्री डिना उपाध्यायले नेताहरूले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार नबनाएर अपमानजनक व्यवहार गरेको टिप्पणी गरिन् । ‘कानुनमा ५० प्रतिशत राख्नुपर्ने बाध्यता रहेकाले दलहरूले महिलालाई समानुपातिक सूचीमा मात्रै राख्न खोजेका छन्। त्यता राखेका छौं, प्रत्यक्षमा किन चाहियो भन्दै ह्युमिलेसन गर्ने काम भएको छ,’ उनले भनिन्, ‘निर्वाचन क्षेत्र पुरुषहरूको कब्जामा मात्रै रहनुपर्ने मानसिकता सबै दलमा देखिएको छ। यो अनुचित हो,’ चुनाव लड्न चाहने महिलालाई पनि दलहरूले स्थान नदिएर पुरुषवादी मानसिकता देखाएको उनले बताइन् ।

प्रत्यक्षतर्फ ३४ दलले उम्मेदवारी दिएकामा राप्रपा नेपालबाट १, राष्ट्रिय जनमोर्चाबाट २, राप्रपा राष्ट्रवादीबाट २, राजपाबाट १, नेपाली जनता दलबाट १, संघीय लोकतान्त्रिक मञ्चबाट १, देशभक्त गणतान्त्रिकबाट १, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीबाट १, राष्ट्रिय जनमुक्ति पार्टीबाट १ र स्वतन्त्रबाट ४ जना महिला उम्मेदवार छन्। प्रतिनिधिसभाका निर्वाचन क्षेत्रहरूमा न्यूनतम २ देखि १६ जनासम्मको उम्मेदवारी परेको छ। मनाङ र मुस्ताङमा २्२ जनाको उम्मेदवारी मात्रै परेको छ । त्यहाँ महिलाको उम्मेदवारी छैन । सबैभन्दा बढी १६ जनाको उम्मेदवारी परेको दोलखामा पनि महिलाको उम्मेदवारी छैन ।

प्रदेशसभातर्फ ७४ सिटका लागि ४८२ जनाको उम्मेदवारी परेको छ । त्यसमा २४ मात्रै महिला छन् । प्रदेशसभामा महिलाको उम्मेदवारी ४ दशमलव ९७ प्रतिशत मात्रै छ। प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेबाट २्२ जना र माओवादी केन्द्रबाट ३ जना महिला उम्मेदवार छन् । केही जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा महिलाको उम्मेदवारी परेको छैन । राजपा, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले पनि २र२ जना महिला उम्मेदवार बनाएका छन् । साना ८ दलले १र१ जना महिला उम्मेदवार बनाएका छन् । महिला मात्रै होइन, समावेशी समूहका अन्य समुदायलाई पनि दुई ठूला गठबन्धनले स्थान दिएका छैनन्। दुवै गठबन्धनबाट प्रतिनिधिसभामा दलितको उम्मेदवारी छैन। कुल उम्मेदवारीमा दलितको उपस्थिति साह्रै न्यून छ।

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले समावेशी सिद्धान्त अपनाउनुपर्ने संविधानको मर्म र भावनालाई दलहरूले बेवास्ता गरेको बताए । ‘कानुनले बाध्य बनाउँदा गर्ने, नभए नगर्ने त्यो भनेको समावेशी सिद्धान्तप्रति इमानदार नहुनु हो,’ उनले भने, ‘प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाउँदा दलभित्रै महिला नेत्रीहरूले बोल्नुपर्थ्यो । तर, त्यो पनि सुनिएन । त्यसले महिला नेत्रीहरूको पनि मौन स्वीकृति देखिन्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments