पहिलो चरणमा महिला उम्मेदवारी असाध्यै कम
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारी निकै कम देखिएको छ । प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ३२० जनामा १८ र प्रदेशसभातर्फका ४८२ उम्मेदवारीमा २४ मात्रै महिला छन्...