प्रहरीले नै गाडी चलाएर भित्र्याएका थिए ८८ किलो सुन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीले नै गाडी चलाएर भित्र्याएका थिए ८८ किलो सुन


३१ आश्विन २०७४, मंगलबार


सुन

काठमाडौं । दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको वयान दिएका छन् ।

प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष रहेका तामाङ आसन्न निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा सिफारिस भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस