२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक उम्मेदवार छान्न दलहरूलाई महाभारत

अ+ अ-

काठमाडौं । विधानतः १५ सदस्यीय संसदीय समिति गठन गर्न सक्ने प्रावधान भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय समिति गठन गरेका थिए । तर, वरिष्ठ भएर पनि डा. शेखर कोइराला समितिमा नपरेपछि कोइराला परिवारमै हल्लीखल्ली भयो । कांग्रेस महामन्त्री डा. शशांक कोइराला उम्मेदवार छान्ने समिति बैठकमै गएनन् । लगातार कोइराला बैठकमा नगएपछि देउवाले शनिबार समितिमा डा. शेखर कोइराला, मानबहादुर विश्वकर्मा, डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर र एनपी साउदको नाम थप गरेका छन् । पाँचजना थपिएपछि संसदीय समिति २२ सदस्यीय पुगेको छ ।

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र क्षेत्रीय समितिलाई तीन–तीनजनाका दरले नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा माथि छ । ‘हामीले संख्या गनेका छैनौँ, तर तीन हजारभन्दा बढी सिफारिस भएर आएका छन्,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले भने ।

समानुपातिकबाट सांसद बन्न एउटै निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि तीन हजार बढी सिफारिस भएपछि नामबारे अध्ययन गर्न संसदीय समितिले कार्यदल गठन गरेको छ । कार्यदलमा डा. रामशरण महत, डा. प्रकाशरण महत, महेश आचार्य र बालकृष्ण खाँण सदस्य छन् । ‘नाम धेरै आएपछि यिनै नामबाट वास्तविक उम्मेदवार खोज्ने सहजताका लागि हामीले कार्यदल गठन गरेका छौँ,’ कार्यदल सदस्य खाँणले नयाँ पत्रिकासँग भने, ‘सम्भावित उम्मेदवारबारे हामीले सिफारिस गरेपछि बोर्डले उम्मेदवारको अन्तिम टुंगो लगाउँछ ।’

शनिबार बिहान ८ देखि १२ बजेसम्म र बेलुका पनि उम्मेदवार छान्ने समितिको बैठक बसेको थियो । आइतबार दिनभर बैठक बसेर बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।

संघीय संसद् २७५ सदस्यीय हुनेछ । यो संख्या समानुपातिककमा ११० र प्रत्यक्षमा १६५ जोड्दाको हो । यस्तो बन्दसूचीमा ११० जनाको नाम बुझाउँदा समावेशी कोटामा महिला, मधेसी, दलित, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रसहितबाट मिलाउनुपर्ने हुन्छ । साथै, प्रत्यक्षमा पनि २४० बाट १६५ मा संख्या झारिएपछि मुख्य दाबेदार पनि प्रत्यक्षमा अटाउन सक्ने अवस्था छैन । यस्तोमा समानुपातिकतर्फ पनि नेताहरूको आँखा पर्ने देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस