२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोफसलका राम्रा साहित्यकारलाई राष्ट्रिय मिडियाले बेवास्ता गरेको छ

अ+ अ-

चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल दुई दशकभन्दा अघिदेखि साहित्यमा क्रियाशील छन् । शिक्षणसँगै साहित्यलाई निरन्तरता दिइरहेका उनले केही महिनाअघि मात्रै काठमाडौंमा ‘हिउँको आरोहण’ कविता संग्रह लोकार्पण गरे । साहित्यका विविध गतिविधिबारे उनीसँग प्रशासन डट कमका यज्ञराज जोशीले गरेको कुराकानी ।

चितवन साहित्यका लागि उर्वर भूमि मानिन्छ, अहिले साहित्यिक माहोल कस्तो छ ?
चितवनमा बस्ती विकास विक्रमको दोस्रो दशकदेखि सुरु भए पनि यहाँको साहित्यको विकास तीव्र रूपमा भएको छ । दुई दर्जनभन्दा बढी साहित्यिक संघसंस्था र मदन पुरस्कार पाएका लेखकहरू चितवनले पाएको छ । अझ हप्तैपिच्छे दुई/तीन साहित्यिक कार्यक्रम आयोजना गरिन्छन् । त्यसैले पनि यहाँको साहित्यिक माहोल सधै तात्ने गरेको छ ।

चितवन साहित्य परिषद्ले अहिले के गरिरहेको छ ?
चितवनको पहिलो आधिकारिक संस्था चितवन साहित्य परिषद् हो । २०४५ सालदेखि पत्रिका तथा कृति प्रकाशन, स्रष्टा सम्मान र पुरस्कार वितरण भइरहेका छन् । यसका साथै साहित्यिक कृतिकारे चर्चा तथा समसामयिक विषयमा साहित्यक बहस गर्दै आएको छ ।

दुई कविता संग्रह बजारमा ल्याउनुभयो, अहिले केमा व्यस्त हुनुहुन्छ ?
मेरा हालसम्म ४ वटा कृतिहरु प्रकाशनमा आएका छन् । ती मध्ये शब्दहरू अविराम यात्रामा सामूहिक , आमा काव्य सहलेखन तथा बिम्बशिविर तथा हिउँको आरोहण एकल कृति हुन् । साहित्यिक संस्थाको अध्यक्ष भएको कारण कार्यक्रम गर्नु, अन्य कार्यक्रममा उपस्थित हुनुले लेखाइमा प्रभाव पारेको छ ।

पछिल्लो कविता संग्रह ‘हिउँको आरोहण’बाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
राम्रो प्रतिक्रिया पाइरहेको छु । विशेष गरी विचार र कला पक्ष राम्रो छ भनेर पाठकहरू भन्नुहुन्छ ।

पछिल्लो कृतिको लोकार्पण काठमाडौंमा आएर गर्नुभयो, के मोफसलका साहितयकारलाई राज्यले देख्दैन भनेर हो ?
आंशिकरूपमा सत्य हो । काठमाडांैमा राम्रो÷नराम्रो जेसुकै भए पनि हल्ला हुन्छ । मोफसलका राम्रा साहित्यकार राष्ट्रिय मिडियाले बेवास्ता गरेको यहाँलाई थाहै होला ।

कुशल कविताको सिर्जना कसरी हुनसक्छ ?
कुसल कविताको रचना गर्न कविमा केही गुण हुनु आवश्यक हुन्छ । पहिलो, उसमा प्रतिभा हुनुपर्छ । दोस्रो, अध्ययनशील हुनुपर्छ । र, तेस्रो, विचार र कलालाई एकसाथ प्रस्तुत गर्न सक्ने हुनुपर्छ ।

तपाईं कुन समयमा साहित्य सिर्जना गर्नुहुन्छ ?
विचार र भावनाले प्रभावित भएका बेला लेख्न थाल्छु । लेख्न खासै तोकिएको समय हुँदैन । हतार भएका बेला कि नोट लेख्छु । र, पछि पूरा गर्छु ।

कविता लेख्दा कुन विषयले प्रेरित गर्छ ?
मलाई सामाजिक विषयवस्तुले बढी छुन्छ । र, त्यही विषयमा रचना गर्छु ।

शिक्षणसँगै साहित्यमा लाग्न कत्तिको सहज छ त ?
त्यो त असजिलो हुन्छ । पूर्णरूपमा समर्पित नभई साहित्य लेख्न गाह्रो त हुन्छ नै ।

तपाईंका आगामी योजना के छन् ?
५० वर्ष पुगेकाले जागिरबाट अवकाश लिएर साहित्य लेखनमा क्रियाशील हुने चाहना छ । अर्को वर्ष आख्यान प्रकाशन गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस