डा. गोविन्द केसीको अनसन असोज १९ सम्म स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. गोविन्द केसीको अनसन असोज १९ सम्म स्थगित


११ आश्विन २०७४, बुधबार


काठमाडौं । डा. गोविन्द केसीले आफ्नो १२ औँ अनसन स्थगन भएको घोषणा गरेका छन् ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनसन स्थगन भएको विज्ञप्तिमा जनाएका छन्।

डा. केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गरेका थिए। बुधबार केसीद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनसन पुनः शुरु गरिने चेतावनी दिइएको छ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो। प्रा. डा. केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन्।

प्रतिक्रिया दिनुहोस