२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लिगलिगे राजा’ बने सेनाका खगेन्द्र

अ+ अ-

गोरखा । नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको लिगलिगे राजा भएका छन् ।

दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ ।

डोटी घर भएका रानाभाटलाई श्रीपेच लगाएर यसवर्षको लिगलिगे राजा घोषणा गरिएको हो । खेलकुदमन्त्री राजन केसीले श्रीपेच, रु ५० हजार पुरस्कारसहित रानाभाटलाई आज पुरस्कृत गरे ।

रानाभाटले एक घण्टा दुई मिनेटमा निर्धारित १३.५ किलोमिटर दौड पूरा गरेका थिए । चेपे नदीस्थित चेपेघाटदेखि लिगलिगकोट डाँडासम्म दौड पूरा गर्नुपर्ने नियम छ ।

यस्तै नेपाली सेनाकै रामजी बस्नेतले एक घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो भएका छन्। बस्नेतलाई रु ३० हजार पुरस्कारसहित मन्त्री केसीले पुरस्कृत गरे ।

यस्तै नेपाली सेनाका अनिश बस्नेतले एक घण्टा ५ मिनेटमा दौड पूरा गरी तेस्रो भएका छन् । बस्नेतले रु. २० हजार नगद पुरस्कार पाए । ११७ जना धावकले दौड प्रतियोगितामा भाग लिएको आयोजक संस्थाका उपाध्यक्ष सरोज देवकोटाले बताए । दौडमा स्वदेशी, विदेशी धावक सहभागी हुन पाउछन् ।

दौड उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले लिगलिग दौडलाई निरन्तरता दिन मन्त्रालय तर्फबाट बजेटको व्यवस्था गर्ने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य हिरण्यमान श्रेष्ठ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङ, महासमिति सदस्य प्रकाशचन्द्र दवाडी, उद्योग वाणिज्य संघका महासचिव भगवानबाबु मास्के, काँग्रेस नगर सभापति चन्दनबाबु खत्री, पालुङटारका प्रमुख दीपकबाबु कडेँंललगायतले ऐतिहासिक लिगलिगकोटमा पूर्वाधार खडा गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा जोड दिएका छन् ।

0 Comments