पर्सागढी नगरपालिकामा नेपाली काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्सागढी नगरपालिकामा नेपाली काँग्रेस विजयी


६ आश्विन २०७४, शुक्रबार


पर्सा । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा लोकनारायण यादव तीन हजार ९६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा अर्चाना चौधरीले चार हजार ५५९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्धन्द्वी एमालेकै कालिका चौधरीले तीन हजार ६५० मत प्राप्त गरेकी छन् ।

त्यस्तै सो नगरपालिकाको वडा नं. १, ४, ६ र ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः तुलाराम महतो, समसुदिन देवान, कृष्णलाल अहिर र कृष्णदेव यादव विजयी भएका छन् ।

वडा नं. २, ३ र ९ को वडाध्यक्षमा एमालेका क्रमशः बेदमन थारु, उद्धवबहादुर उप्रेती र रामनारायणप्रसाद गौरो विजयी भएका छन् भने वडा नं. ५ र ७ मा संघीय समाजवादी फोरम नेपालका असलम देवान र रामजी साह तेली विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस