२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमाले गरिन् एक वर्षीय छोरोको हत्या

अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष खुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।

अत्यधिक मादक पदार्थ सेवन गरेकी मीनाले मंगलबार बिहान आफ्नै छोरालाई विष खुवाई कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन घाँस काट्ने निउँमा जंगल गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

ढुंगानाको अनुसार घटनापश्चात् मृतकको हजुरबुबाले बालकको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक बालकको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा शव परीक्षण गरिएको थियो ।

घटना लुकाउन अभियुक्तले ढाकछोप परेपछि इप्रका मेलम्चीले संघीय प्रहरी एकाइ कार्यालय बाग्मतीसँग समन्वय गरी पोलीग्राफ परीक्षणसमेत गरेको थियो । परीक्षण र प्रहरीको अनुसन्धानपछि अभियुक्त तामाङले विष खुवाएको स्वीकार गरेकी हुन् । रासस

प्रतिक्रिया दिनुहोस