मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे


४ आश्विन २०७४, बुधबार


मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।

भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।

मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् ।

भकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस