२० अर्बको सम्पत्तिमा चलखेल « प्रशासन
Logo १४ मंसिर २०७८, मंगलबार
   

२० अर्बको सम्पत्तिमा चलखेल


४ आश्विन २०७४, बुधबार


काठमाडौं । मुलुककै ठुलो पाँचतारे होटल (हायात) को सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोजेको खुलेको छ । सार्वजनिक–निजी साझेदारीअन्र्गत २०४९ सालमा स्थापना भएको हायातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार)को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको थियो

कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत लगानी थियो अहिले एक सय ५० रोपनी जग्गासहित यो होटको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

सराफ र श्रेष्ठ परिवार एवं सरकारी अधिकारीको मिलेमतोमा होटललार्इ प्रत्येक वर्ष घाटामा देखाएर सरकारी लगानीलार्य आफ्नो तर्फ पार्न साझेदारले चलखेल गरेका हुन् । निजी साझेदारले पहिले होटल घाटामा देखाएर सेयरको मूल्य घटाउने त्यसपछि लगानी बढाउने निहुँमा हकप्रद सेयर जारी गर्ने र त्यो सेयर आफैंले किन्ने गरेको देखिन्छ । आजको नागरिक दैनिकमा खबर छ

Tags :
प्रतिक्रिया दिनुहोस